मरे पछि के हुन्छ ? यस्तो छ वैज्ञानिक तथ्य !

जीवनको रहस्य बुझ्ने ईच्छा कसलाई हुँदैन र ? अनि अमर हुन पाए हुन्थ्यो भन्ने ईच्छा पनि धेरै मान्छेको मनमा पलाउँछ । हामी अधिकांश मानिसहरु सकेसम्म धेरै बाँच्न चाहान्छौँ तर जीवनको वास्तविकता मृत्यू हो । जो जन्मन्छ ऊ अवश्य मर्छ । उसो भए हामीमा जुन ‘म’ भन्ने भावना आउँछ त्यो मृत्यू पछि रहन्छ कि रहँदैन ? हाम्रो आत्मा मर्छ कि मर्दैन ? आज हामी यसै विषयमा वैज्ञानिक तथ्य सहित चर्चा गर्दैछौँ ।what-happens-to-your-soul-after-death

जबसम्म हामी जीवित हुन्छौँ तब हामीमा ‘म’ अथवा म छु भन्ने भावना सधैँ रहन्छ । जसलाई हामी Consciousness भन्छौँ । अब प्रश्न यो आउँछ कि के मृत्यू पछि पनि हामी छौँ वा म छु भन्ने भावना जीवित रहन्छ त ? यस सम्बन्धमा संसारमा रहेका ४ हजार २ सयभन्दा बढी धर्महरुले कहिँ न कहिँ कुनै न कुनै रुपमा मृत्यूपछिको जीवनलाई पनि व्याख्या गर्ने प्रयाश गरेको देखिन्छ । तर हरेक धर्मले फरकफरक तरिकाले त्यसको व्याख्या गरेको देखिएको छ जसबाट पनि हामी सही रुपमा मृत्यूपछिको रहस्यलाई बुझ्न सक्दैनौँ ।
तर संसारमा यस्ता मानिसहरु छन् जो आफुलाई मरेर पनि बाँचेको बताउँछन् । यदाकदा चलचित्रमा मात्र सुन्न र देख्न पाईने यस्ता मानिसहरु वास्तविक जीवनमा पनि हाम्रा नै वरिपरि हुनसक्छन् जसलाई हामीले कहिलेकाँही हावा भनेर त्यसै खिसी गर्छौँ । तर वास्तवमा त्यस्ता मान्छेहरु वास्तविक रुपमै भएको कुरालाई विज्ञानले पनि नकार्न सक्दैन । यसलाई आधुनिक युगमा एन.डि. ई. (NDE) अर्थात नियर डेथ एक्सपेरियन्स (Near Death Experience) भनिन्छ । यस्तो करौँडौँमा केही व्यक्तिलाई मात्र हुने गर्छ । हाम्रो नेपालमा पनि मृत्यू पश्चात पूनः जन्मिएको र परिवार पुरैलाई चिनेको जस्ता कुराहरु बेला बेलामा सुनिन्छ । त्यस्तै कोही कोहीले बिरामी भएको बेलामा अथवा राति सपनामा आफ्ना पुर्खालाई वा मरिसकेको आफन्तलाई देखेको बताउँछन् । यसबाट पनि नियर डेथ एक्स्पेरियन्स् हामीमाझ नै कोही कोहीले आभास गरेको प्रमाणित गर्न सक्छौँ ।

मृत्यूको मुखमा पुगेर फर्केका बताउने धेरैले आफुलाई उडेर कुनै संसारमा गएको जस्तो आभाष भएको बताउँछन् र फेरि आफ्नै शरिरमा फर्किएको आभाष गर्ने गरेको बताउँछन् । सन् २०११ म भारतमा भएको एक घटनामा एक व्यक्तिलाई अप्रेशनकै समयमा मृत घोषित गरियो तर पछि ऊ बाँच्न सफल भयो । उनले आफुले म छु भन्ने आभाष मात्र त्यो बेलामा गरेको बताए । त्यस्तै एक युवकको उपचारका लागि एम्बुलेन्स्मा लिएर जाँदै गरेको अवस्थामा मृत्यू भयो तर उनी ३ मिनेटपछि फेरि होसमा आए । त्यस समयमा उनले आफुलाई शरिरबाट निस्किएर आकाशमा उडेको आभाष गरेको र एम्बुलेन्स्मा आफ्नै शरिर देखेको बताए । उनको कुरालाई प्रमाणित गर्नका लागि उनीलाई उनी मृत अवस्थामा भएका बेलाका धेरै कुराहरु सोधियो जसलाई उनले खरखर भनिदिए ।

यस्ता धेरै घटनाहरुका बारेमा सोधकर्ताहरुले खोज गरेका छन् । विभिन्न समयमा गरिएका अनुसन्धानका क्रममा त्यस्ता मानिसहरुमध्ये धेरैले देख्ने गरेका समान कुराहरुमा सुरुङ समान रुपमा पर्छ । धेरैजसो एनडीइ आभाष गरेका व्यक्तिहरुले आफु सुरुङमा गएको आभाष गरेको बताएका छन् । त्यस्तै अर्को समान कुरामा आफ्नो शरिरलाई आफैले माथिबाट वा केही दुरीबाट देख्नु पनि हो । धेरै जसो मानिसले आफ्नै शरिरबाट आफु उडेर गएको आभाष गर्छन् भने केहीले भने केही नभएको अर्थात अन्धकार महशुस गर्छन् । तर त्यो अन्धकारमा पनि म भन्ने भावना चाहिँ आफैलाई महशुस गर्छन् ।
यसबाट के प्रमाणित गर्न सकिन्छ भने केही नभएको समयमा पनि म भन्ने भावना चाहिँ जिवित रहन्छ जसका आधारमा हामी हाम्रो आत्मा मृत्यू पछि पनि जिवित रहन्छ भन्ने कुरालाई नकार्न सक्दैनौँ । यी कुराहरु सुन्दा बकम्फुसे लागेपनि संसारमा यस्तो रहस्य हाम्रै वरिपरि छ । वास्तविक रुपमा सतप्रतिशत यही हो भन्न कसैले सक्दैन तर यति चाहिँ भन्न सकिने आधारहरु छन् कि शरिर नष्ट भए पनि म भन्ने भावना अर्थात कन्सियसनेस चाहिँ रहिरहन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए