February 20, 2018

मन्त्रीपरिषदको नयाँ निर्णय; राष्ट्रियसभा सदस्यमा तिन जनाको नाम सिफारिस

काठमाडौँ, ८  फागुन । बाम गठबन्धनले चेतावनी दिँदादिँदै पनि नरोकिएको शेरबहादुर देउवा नेतृत्वको सरकारका गलत निर्णय केपी शर्मा ओली सरकारले सच्याउन सुरु गरेको छ ।ओली सरकारले पहिलो निर्णयका रुपमा राष्ट्रियसभा सदस्यका लागि नयाँ तीन जनाको नाम सिफारिस गरेको हो । आज बिहान बसेको मन्त्री परिषद बैठकले राष्ट्रियसभा सदस्यका लागि युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईको नाम सिफारिस गरेको हो ।यसअघि देउवा सरकारले चाँदनी जोशी, कृष्णप्रसाद पौडेल र गोपाल बस्नेतको नाम सिफारिस गरेको थियो ।

संविधान अनुसार ५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना निर्वाचनबाट चुनिएका छन् ।तीन जना भने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रिपतिले अनुमोदन गर्ने व्यवस्था रहेको छ ।देउवा सरकारले भने कामचलाउ हुँदा पनि बाहिरिनु केही समय अगाडि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल