March 2, 2018

मन्त्रिपरिषद्लाई आइतबार पूर्णता दिने तयारी

फागुन १८,

काठमाडौं –  एमाले र माओवादी केन्द्रले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी तयारी गरेको छ । संघीय समाजवादी फोरमलाई समेत सरकारमा सहभागी गराएर आइतबार  सरकारलाई पूर्णता दिने तयारी गरेका हुन् ।

तीन दलबीच संविधान संशोधनमा सहमति गर्दै सरकारमा सहभागी हुने विषयमा हस्ताक्षर गर्ने तयारीसाथ शनिबारका लागि बैठक बोलाइएको प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । सत्तारुढ दल र फोरमबीच बिहीबार नै सहमतिमा हस्ताक्षर गर्ने र फोरम सरकारमा सहभागी हुने बताइएको थियो ।तर, फागु पर्वमा नेताहरू व्यस्त बनेपछि तीन दलबीच बिहीबार थप छलफल हुन सकेन ।

श्रोतका अनुसार आफ्नो पार्टीलाई ४  वटा मन्त्रालय दिनुपर्ने अडान फोरमले गरेको र  पार्टीभित्र पनि  सल्लाह गर्न बाँकी रहेको बताएपछि तीन दलबीच शनिबार पुनः बैठक बसेर टुंग्याउने समझदारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक