मध्य भोटेकोशीको दुई अर्ब ९४ करोड बराबरको साधारण सेयर आउँदै

 चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीको रुपमा रहेको मध्य भोटेकोशी जलविद्युत् कम्पनीले रु दुई अर्ब ९४ करोड बराबरको साधारण शेयर जारी गर्ने तयारी गरेको छ ।
madhya_CVZ9NHtgWqकम्पनीले पनि आगामी दुई महिना भित्र सिमित साधारण शेयर जारी गर्ने तयारी गरेको जानकारी दिएको छ ।  

सरकारी कर्मचारी तथा आयोजनाका कर्मचारीलाई शेयर दिने गरी आवश्यक तयारी थालिएको आयोजनाले जनाएको छ ।

सिन्धुपाल्चोकमा निर्माणाधीन १ सय २ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनामा कर्मचारीका लागि छुट्याइएको २४ प्रतिशत शेयर  बिक्री गर्न लागेको हो ।

 पहिलो चरणमा रु २ अर्ब ९४ करोड बराबरको २ करोड ९४ लाख कित्ता साधारण शेयर जारी गर्ने तयारी गरिएको आयोजनाका प्रमुख मणिकुमार काफ्लेले बताए ।

सुरुमा आयोजनामा लगानी गर्ने कम्पनीका कर्मचारीलाई चार प्रतिशत र  कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १९.५ प्रतिशत साधारण शेयर बिक्री गरिनेछ । कम्पनीले केही दिन पहिले मात्रै  कम्पनी रजिष्ट्रारमा अद्यावधिक विवरण पेश गरिसकेको छ ।  

संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि ३.५ प्रतिशत हुन आउने रु २१ करोड २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छुट्याइएको १ प्रतिशत हुन आउने रु  ६ करोड को ६ लाख कित्ता सेयर निष्कासन गरिनेछ ।

यो सेयर सञ्चयकोषका सञ्चयकर्ता, त्यहाँ कार्यरत कर्मचारी, विद्युत् प्राधिकरण, चिलिमे र मध्यभोटेकोसीका कर्मचारीले खरिद गर्न पाउनेछन् ।

दोस्रो चरणमा सिन्धुपाल्चोकबासीलाई ६० लाख कित्ता

पहिलो चरणको सेयर निष्कासन तथा बाँडफाँडपछि दोस्रो चरणमा आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको १० प्रतिशतमा हुन आउने रु ६० करोड बराबरको ६० लाख कित्ता सेयर निष्कासन हुने कम्पनीले जनाएको छ ।

तेस्रो चरणमा सर्वसाधारणलाई ९० लाख कित्ता

आयोजनाले  तेस्रो चरणमा सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत साधारण शेयर जारी गर्ने छ । रु ९० करोड मूल्यको ९० लाख कित्ता सेयर बिक्री गरिने आयोजनाले जनाएको छ ।

यी क्यापिटलले बेच्छन् मध्य भोटेकोशीको शेयर

मध्य भोटेकोशीले  शेयर  निष्कासन गर्न ७ मर्चेन्ट बैंकसँग सम्झौता गरि सकेको छ । ती कम्पनीमा  ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल, सिभिल क्यापिटल मार्केट, एस क्यापिटल, सिबिआइएल क्यापिटल, सानिमा क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेका छन् ।

चार वर्षमा ४० प्रतिशत काम

चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनीले निर्माण गरेका अधिकांश आयोजनाको भौतिक प्रगति राम्रो रहेको बेला मध्यभोटेकाशी जलविद्युत् आयोजनाको भने दयनीय अवस्था रहेको छ ।

 

गत वर्ष नै निर्माण सम्पन्न हुनुपर्ने आयोजना जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँधस्थलको जग्गा समयमा उपलब्ध नभएका कारण हालसम्म ४० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । कार्यतालिकाअनुसार आयोजना सन् २०१७ जुनमा निर्माण सक्ने गरी तयारी गरिएको थियो ।

 

निर्माण व्यावसायीलाई अपेक्षाकृत रुपमा काम गराउन नसक्दा आयोजनाको काममा ढिलाइ भएको हो । संशोधित कार्यतालिकाअनुसार आयोजनाको निर्माण सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी