मध्यरातमा यौन सम्पर्क गर्न नमानेपछि रातीनै आफ्नी श्रीमतीको यसरी हत्या गरे !

भारतको हरियाणा राज्यको कुरुक्षेत्र जिल्लाको जोगना खेडा गाउँका संजीव नामका व्यक्तिले श्रीमती सुमनको हत्या गरे । राती हत्या गरेका संजीव बिहान घर छोडेर भागे । संजीव हिँडेको लामो समयसम्म सुमन नउठेपछि परिवारले उनको कोठामा गएर हेर्दा उनी मृत भेटिएकी थिइन् ।

भारतीय प्रहरीका अनुसार बेलुकाको खाना खाएर श्रीमानसँगै सुत्न गएकी महिलाले श्रीमानले भनेजस्तो गर्न नमानेपछि श्रीमानले उनको हत्या गरिदिएका हुन् । आफूले भनेको नमान्दा रिसमा हत्या गरेको उनले प्रहरी समक्ष बयान दिएका थिए । श्रीमान् श्रीमतीबीच राती यौन सम्बन्धको विषयलाई लिएर झगडा भएको खुलासा भएको छ ।

प्रहरीका अनुसार श्रीमानले राती यौन सम्बन्धको प्रस्ताव गरेकोमा श्रीमतीले नमानेपछि रिसाएका संजीवले हत्या गरिदिएका हुन् ।मृतक सुमनका माइतीले भने उनको हत्याको कारण अर्कै भएको दावी गरेका छन् । सुमनका दाजु रविले संजीवको अर्कै युवतीसँग अबैध सम्बन्ध भएको र सुमनले यसको विरोध गर्दा संजीवले हत्या गरेको दावी गरेका छन् ।

हालै सुमन २ महिनादेखि माइतीमा बसिरहेकोमा संजीव गएर अब यस्तो गल्ती नगर्ने भन्दै माफी मागेर फर्काएर घर ल्याएका थिए ।घटना शंकास्पद भएपछि डाक्टरहरुले शवलाई पोस्टमार्टमका लागि खानपुर मेडिकल कलेज सोनीपत पठाएका छन् । संजीवको आफ्नै दाजुकी सालीसँग अबैध सम्बन्ध भएको खुलेको छ ।

यही सम्बन्धका कारण उनले सुमनलाई कुटपिट पनि गरेका थिए । यही कारण गाउँमा कैयौं पटक पंचायत पनि बोलाइएको थियो ।  संजीवको अबैध सम्बन्धका कारण भएको झगडापछि सुमन माइती गएकी थिइन् । सुमनका दाजु रवीरे संजीवसहित परिवारका ६ जनाविरुद्ध हत्या अभियोग लगाउँदै प्रहरीमा उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने