२० माघ, काठमाडौं । स्थानीय तहको चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई पत्र लेख्ने सरकारको निर्णयप्रति मधेसी मोर्चा असन्तुष्ट देखिएको छ । उसले संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने अडान दोहोर्याएको छ ।
मन्त्रिपरिषदको बिहीबारको बैठकले स्थानीय तहको चुनावको तयारी गर्न निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेपछि मोर्चाका नेताहरुको असन्तुष्टि बाहिर आएको हो ।
मधेसी मोर्चासँग केही दिनअघि भएको छलफलमा पनि प्रधानमन्त्री प्रचण्डले चुनावको तयारी थाल्न आयोगलाई पत्र लेख्ने जानकारी गराएका थिए । सो भेटमा प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई विभिन्न ४ वटा प्रश्नसोधेका थिए ।
तर, मधेसी मोर्चाका नेताहरुले भने यस्तो निर्णय गर्नुअघि मोर्चासँग कुनै छलफल नभएको तर्क गरेका छन् ।
रामसपाका महासचिव केशव झाले अनलाइनखबरसँग भने, ‘अघिल्लो बैठकमा प्रधानमन्त्रीले हामीलाई चारवटा प्रश्न गर्नुभएको थियो । तर, त्यसको जवाफै नसुनी निर्णय गर्नु ठीक भएन ।’
प्रधानमन्त्रीले स्थानीय तहको प्रतिवेदनमा सामान्य हेरफेरपछि चुनावमा जाने कि नजाने ? संविधान संशोधन पास/फेल जे भए पनि चुनावमा जाने कि नजानेसहितका चार प्रश्न मधेसी मोर्चाका नेताहरुलाई गरेका थिए । र, एक दुई दिनमा नै पुनः बैठक बसेर छलफल गर्ने मोर्चाका नेताले आश्वासन दिएका थिए ।
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादवले पछि फेरि बैठक बसेर छलफल गर्ने भनिए पनि त्यो छलफल नभई सरकारले निर्णय गरेको भन्दै असन्तुष्टि जनाए ।
उनले भने, हाम्रो प्रष्ट अडान छ, संविधान संशोधन नभएसम्म कुनै पनि चुनाव हुँदैन ।’
मधेसी मोर्चाका नेताहरुले छिट्टै प्रधानमन्त्रीलाई भेटेर यसबारे छलफल गर्ने बताएका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक