March 16, 2017

मधेशी मोर्चा अब एमालेको कित्तामा

काठमाडौँ – एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढालेर माओवादी केन्द्रका अध्kp-oli-madhesi-morcha-290x192यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन समर्थन जनाएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा एमालेकै ‘लाइन’ मा आएको छ ।
संसदमा एमाले र मधेशी मोर्चाको हैसियत आजदेखि एउटै भएको छ । आज मधेशी मोर्चामा आवद्ध दलहरुले सरकारबाट समर्थन फिर्ता लिएको आधिकारिक जानकारी लिखित रुपमा सभामुख ओनसरी घर्तीमगरलाई दिएपछि संसदमा उनीहरुको प्रतिपक्षको भूमिकामा हुने भएका हुन् ।

अब सत्तापक्षभन्दा प्रतिपक्ष बलियो हुने भएको छ । सरकारको विरुद्धमा मधेशी मोर्चाले कतिको ‘एक्सरसाइज’ गर्छ त्यो हेर्न बाँकी छ तर अब सरकारलाई चुनौति थपिने भने प्रष्ट देखिएको छ ।

त्यसो त मधेशी मोर्चा सत्तापक्ष भएपनि संसदमा प्रतिपक्षीको सीटमा बस्ने गथ्र्यो । तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले भने, ‘हामी आन्दोलनकारी भएका कारणले सरकारलाई समर्थन गरेपनि प्रतिपक्षको बेन्चमा बस्थ्यौं अब त सरकारबाट समर्थन फिर्ता लिई सकेपछि प्रतिपक्षको भूमिका नै हुनेछौ ।’ त्यतिबेला प्रतिपक्षको बेन्चमा बसेपनि सरकारलाई आफूहरुको पूर्ण समर्थन र सहयोग हुने गरेको बताउँदै उनले अब त्यस्तो सहयोग नहुने बताए ।

एमाले नेतृत्वको गठबन्धनमा रहेका मालेका महासचिव सीपी मैनालीले भने, ‘पहिला हामीसँग २०१ सांसद थियो, अब मधेशी मोर्चा प्रतिपक्षमा आएपछि हामी सत्तापक्षभन्दा बलियो भएका छौ ।’
संविधान संशोधनको विधेयक पास गराउनका लागि हाम्रो सहयोग हुन्छ, त्यसबाहेकको सहयोगका लागि विचार नै गर्नुपर्छ, उनले रातोपाटीसँग भने, सरकारले हामीसँग जस्तो प्रस्तुत हुन्छ, हामी पनि त्यस्तै नै प्रस्तुत हुन्छौ ।’

एमाले नेतृत्वको गठबन्धनमा रहेका मालेका महासचिव सीपी मैनालीले भने, ‘पहिला हामीसँग २०१ सांसद थियो, अब मधेशी मोर्चा प्रतिपक्षमा आएपछि हामी सत्तापक्षभन्दा बलियो भएका छौ ।’ प्रतिपक्षको भूमिकामा आएको हुनाले अब उनीहरुसँग छलफल हुने बताउँदै उनले मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन किन फिर्ता लियो भने प्रष्ट अझै प्रष्ट नभएको र त्यो प्रष्ट भएपछि उनीहरुसँग सहकार्य हुनसक्ने बताए ।

यद्यपि, मधेशी मोर्चाका एकघटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने प्रतिपक्षमा भएपनि एमालेसँग कुनै सहकार्य नहुने प्रष्ट पारेका छन् । उनले भने, ‘एमाले मधेशविरोधी पार्टी हो, ऊ सरकारमा हुँदा पनि मधेशीसँग दुरव्यहार गर्यो, अहिले प्रतिपक्षमा भएपनि दुव्र्यवहार गर्दैछ त्यसैले एमालेसँग सहकार्य हुने कुनै सम्भावना छैन ।’

‘मधेशको मामिलामा एमाले र मधेशी मोर्चाबीच आकाश जमिनको फरक छ, मधेशी जनता एमालेप्रति आक्रोशित छन्, त्यसैले यही अवस्थामा एमालेसँग कुनै सहकार्य नहुने’ भन्दै उनले सरकार आफूहरुसँग जस्तो व्यवहार गर्छ, त्यस्तै व्यवहार आफूहरुले पनि त्यस्तै व्यवहार गर्ने प्रष्ट पारे ।

मधेशी मोर्चासँग ३८ सांसद छन् । हाल संसदमा पाँच सय ९४ सांसद रहेका छन् । अर्थात सरकारलाई बहुमतका लागि २९८ सांसदको खाँचो हुन्छ ।

अहिले सत्तापक्षमा काँग्रेसका २०७, माओवादीका ८१, राप्रपा ३७, साना दलका ९ र नेकपा संयुक्तका ३ सांसद छन् । अर्थात उनीहरुको संख्या ३३७ छ । यसकारण मोर्चाले समर्थन फिर्ता लिए पनि सरकारमाथि कुनै खतरा छैन् । तर, अब एमालेसँग मोर्चा मिलेपछि सरकारको कामकारवाहीलाई भने अगाडी बढाउन समस्या बनाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने