November 6, 2019

मदिरा बिक्री गर्ने र खानेलाई कारवाही गरिने

काठमाडौँ, २० कात्तिक । जिल्लाको शिखर नगरपालिका वडा नं १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा खानेलाई कारवाही गर्ने भएको छ । सो वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको मङ्गलबारको बैठकले वडाभरिमा मदिरा बिक्री वितरण व्यापक भएको भन्ने गुनासो आएपछि बिक्री वितरण तथा सेवनमा रोक लगाएको हो ।

वडाभरिमा मदिरा बिक्री वितरण गर्नेलाई रु १० हजार र खानेलाई रु पाँच हजार जारिवाना तिराउने निर्णय गरिएको वडाध्यक्ष खड्कबहादुर शाहीले बताए । उनले भने, “वडाको निर्णय अटेर गर्नेलाई कानूनबमोजिम सजाय हुनेछ ।” वडामा मदिराका कारण विभिन्नखाले घटना तथा घरेलु हिंसा बढेको गुनासो आउन थालेपछि उक्त निर्णय गरिएको वडाध्यक्ष उहाँले जानकारी दिए।

पछिल्लो समय जिल्लामा प्रहरी, प्रशासन तथा स्थानीय तहले आ–आफ्ना क्षेत्र तथा वडामा धमाधम मदिरा नियन्त्रण अभियान सञ्चालन गरेका छन् । यो वर्ष मात्रै मदिराका कारण कम्तीमा पनि एक दर्जन घटना भइसकेका प्रहरीको तत्थयाङ्कमा उल्लेख गरिएको छ । मदिरा नियन्त्रणका लागि विभिन्न खाले पहल भइरहे पनि गाउँमा लुकीछिपी बिक्री वितरण गर्नेका कारण समस्या हुँदै आएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको