काठमाडौं, चैत ३० – निर्वाचन आयोगले मतदानस्थल र मतदाता नामावलीको विवरण केही दिनभित्रै वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ । सबै जिल्लाबाट मतदानस्थलको सिफारिस भैसकेकाले त्यसलाई अन्तिम रुप दिने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मंगलबार सिरहा र सप्तरीबाट समेत निर्वाचनस्थलको सङ्ख्या यकिन भएर आएको हो । आयोगका अनुसार सिरहामा दुई सय १८ र सप्तरीमा दुई सय ९२ मतदानस्थल रहने छन् ।
केही दिनअघि मात्रै धनुषा, महोत्तरी, सल्लाही, रौतहट, बारा र पर्साको मतदानस्थलको विवरण आयोगलाई प्राप्त भएको थियो । स्थानीय राजनीतिक दल सम्मिलित जिल्ला समन्वय समितिको सिफारिसमा मतदानस्थल निश्चित गरी जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगमा विवरण उपलब्ध गराउने व्यवस्था रहेको छ ।
मतदाता संख्याको आधारमा केन्द्र निर्धारण गर्नेगरी अन्तिम विवरण तयार पार्ने काम भइरहेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार मतदाता नामावली र केन्द्रको विवरण एकैपटक आयोगको वेवसाइटमा राख्ने तयारी छ । आयोगले शुक्रबार वैशाख १ गतेदेखि नै मतदाता शिक्षा सञ्चालन गर्ने तयारी समेत गरेको छ ।
यस्तै स्थानीय चुनावका लागि चीनले सहयोगस्वरुप पठाएका सागम्री आयोगमा आउन थालेको छ । मंगलबार केही सामग्री आयोगमा आइपुगेको शर्माले बताउनुभयो । चीनले ३० हजार मतपेटिका सहितका सामग्री पठाएको छ ।
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी