August 13, 2018

मंगलबारसम्म यी क्षेत्रमा भारी वर्षा, खोला आसपासका बासिन्दालाई सचेत रहन आग्रह

 
 
 

काठमाडौँ, साउन २८ । आज दिनभर देशभरको मौसम सामान्यदेखि पूर्ण बदली हुने र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने तथा दिउँसो पूर्व र मध्यका ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै रहेको तथा जलवास्पयुक्त वायु पनि पर्याप्त रहेकाले विशेष गरी दिनभर देशको मध्य र पूर्व क्षेत्रका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको हो ।

हिजो साँझदेखि नै मौसम बदली रहेको थियो । काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा अहिले पनि पानी परिरहेको छ । यस्तै पश्चिमका केही ठाउँमा पनि दिउँसो ठूलो पानी पर्ने सम्भावना छ । सोमबार रातिको मौसम पनि देशभर बदली हुने र पश्चिमका धेरै तथा पूर्व र मध्यका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

काठमाडौँ उपत्यकामा सोमबार बिहान पौने ६ बजेसम्मको तथ्यांक अनुसार आइतबार रातभरमा ६२.५ मिलिलिटर पानी परेको छ भने मंगलबार पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । बुधबारदेखि भने मौसममा केही सुधार आउने छ ।

देशका सबै क्षेत्रमा पानी पर्ने भएकाले बाढी तथा पहिरोको जोखिम उच्च रहेको छ । नदी, खोला तथा खहरेको आसपासका बस्ती र डुबानको जोखिममा रहेको क्षेत्रबा बासिन्दा सचेत हुनु पर्ने मौसमविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।