भारतीय सेनाध्यक्षकोबिवादास्पद अभिब्यक्ति: सार्वभौम मुलुकमाथि धावा बोलेको निष्कर्ष

sena_a_NmZHUEfYgf

असोज २,  बिमस्टेक राष्ट्रका सेना सम्मिलित संयुक्त सैन्य अभ्यासमा नेपालले सहभागिता नजनाएपछि भारतीय सेनाध्यक्षले नेपालको सार्वभौमसत्तामा नै खलल पुग्ने गरी अभिब्यक्ति दिएको भन्दै त्यसको चर्को आलोचना भएको छ ।

गत भदौ १४ र १५ मा नेपालमा सम्पन्न बिमस्टेक सम्मेलनले संयुक्त सैन्य अभ्यास गर्ने भन्दै संयुक्त रुपमा सैन्य अभ्यास गर्ने र त्यो सम्मेलन भारतको पुनेमा हुने घोषणा गरिएको थियो ।

नेपालले शुरुमा सैन्य अभ्यासमा सहभागि हुने जानकारी दिएपनि अन्त्यमा गएर सैन्य अभ्यासमा सहभागि नहुने घोषणा गरेपछि भारत नेपालसंग पुन एक पटक झस्किएको थियो । नेपालसंगै थाइल्यान्डले पनि सैन्य अभ्यासमा सहभागिता नजनाएपछि भारतीय संस्थापन पक्ष थप रुष्ट बनेको थियो ।
पूर्व जर्नेल डा. उमेशकुमार भट्टराईले नेपालको भू राजनीति परिर्वतन हुदै गएको कुरालाई भारतीय सेनाध्यक्षले बुझ्नु भएन उहांको अभिब्यक्तिले नेपाली शासकलाई दक्षिणतिरको परनिर्भरता बिस्तारै परिर्वतन गर्र्ने तर्फ अभिप्रेरित हुने खालको भएको बताउनुभयो ।

उहांले भन्नुभयो – नेपालले चीनसंग ब्यापार तथा पारवहन संझौता भएपछि चीनले नेपाललाई बन्दरगाह प्रयोग गर्न दिने सम्मका कुरा आएपछि भारतीय सेनाध्यक्षले नेपाललाई लक्षित गरी दिइएको अभिब्यक्तीेकोे कुनै तुक छैन ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण