भारतीय ज्यादती विरुद्ध माओवादी केन्द्रको आन्दोलन, प्रदेश बन्दको घोषणा

pokhara-ycl-750-1काठमाडौं, २७ फागुन । कञ्चनपुर पुनरर्वास नगरपालिका वडा नम्बर ८ स्थित आनन्दबजारमा भारतीय सीमा सुरक्षाबलले गरेको ज्यादतीका विरुद्ध माओवादी (केन्द्र)ले ७ नम्बर प्रदेश बन्दको आह्वान गरेको छ ।

आनन्दबजरामा भारतीय प्रहरकिो गोलीबाट पुनरर्वास नगरपालिका समिति सदस्य गोविन्द गौतमको मृत्यु भएको र भारतीय प्रहरीले नेपालको सार्वभौमसत्तामाथि ठाडो हस्तक्षेप गरेको विरोधमा बन्दको घोषणा गरेको माओवादी केन्द्र नम्बर प्रदेश समितिले जनाएको छ ।

सीमाक्षेत्रमा भारतीय प्रहरी आएर नेपालीहरुमाथि निर्घात कुटपिट, नेपालीको हत्या गर्ने, धम्क्याउने तथा लुटपाट जस्ता अपराधिक क्रियाकलाप बारम्बार भइरहँदा समेत नेपाली प्रशासन मौन रहँदै आएको परिस्थिति छ । आजको घटना यसैको उपज हो । त्यसैले भारतीय ज्यादतीको विरोधमा हामीले ७ नम्बर प्रदेश बन्द गर्ने निर्णय गरेका हौं’ माओवादी नेता सरलले बताए, भारतीय हस्तक्षेपका कारण आजको दुःखद् घटनाबाट ७ नम्बर प्रदेशका जनता निकै दुःखित र अक्रोशित बनेका छन् ।

बन्दको समर्थनगर्न माओवादी केन्द्रले सम्पूर्ण जनताहरुमा अनुरोध समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी