भारतले किन खोलेन सप्तकोशी बाँधको ढोका /

काठमाडौं – नेपाललाई दुख दिदा ‘आनन्द ठान्ने’ भारतले फेरि एक पटक मानवीय हर्कत देखाएको छ । तराईका जिल्ला बाढीको चपेटामा परेपछि परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सत्पकोशी बाधका ढोका खोल्न कुटनीतिक पहल थालेका थिए । तर, मन्त्री महराको पहललाई भारतले नसुनेजस्तो गरेको छ । 

सप्तकोषी नदीमा पानीको बहाव खतराको संकेतभन्दा माथि छ । मन्त्री महराले भारतीय राजदूतलाई काठमाडौंमा र दिल्लीस्थित दूतावासले भरतीय विदेश मन्त्रालयमा ढोका खोल्न आग्रह गरेका थिए । तर, पनि ५६ मध्ये ३७ वटा ढोका मात्र खोलिएको छ । 

उता कुटनीतिक पहल बढाउनुपर्ने बेला भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय काठमाडौंमै छन् । 

परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ भारतले आग्रह नसन्नुको पछाडि केही कारण रहेको बताउँछन् । 

उनका अनुसार भारतले बाँधका सुरक्षा उपस्थिति खोजेको छ र यस्तै विपतका बेला दवाव बनाएर आफ्नो योजना पुरा गर्न चाहेको छ । 

केही समय अगाडि भारतीय मिडियाले सप्तकोशी बाँधमा आइएसले बम विस्फोटन गराउन थालेकोभनेर प्रचार गरेका थिए । यसका पछाडि पनि भारतले बाँधमा आफ्नो सुरक्षा उपस्थिति खोजेको रुपमा हेरिएको छ । 

यसबाहेक श्रेष्ठ भारतले कोशीमै अर्को उच्च बाँध बनाउन चाहेको र ढोका नखोलेर नेपाल सरकार र दलहरुमाथि दवाव बनाईरहेको ठान्छन् । विपतको बेला ढोका खुल्न आनकानी गरेर भारतले दवावको कुटनीति गरिरहेको श्रेष्ठ मान्छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

क्यानडाबाट भारतीय भिसा बन्द भएको घाेषणा

ओटावा, असोज ४ गते । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा)

भारतीयहरू नागरिकता लिन आएपछि वितरणमा कडाइ

 असार २८ गते । बुबाको पनि नागरिकता छ । त्यसको १० वर्षपछि आमाले पनि नागरिकता

ट्रेड युनियन महासंघ नेपाल टुकोन ललितपुर अध्यक्षमा पराजुली

२ वैशाख,ललितपुर । राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को ललितपुर अध्यक्षमा जिबनकृष्न