भारतलाई पराजित गरे नेपालले यु–१८ साफ च्याम्पियनसिप जित्ने

काठमाडौं । भुटानमा जारी यु–१८ साफ च्याम्पियनसिप निकै रोचक बनेको छ । राउण्ड रोविनको आधारमा सञ्चालन भएको च्याम्पियनसिपको उपाधि दाबेदारको रुपमा चार राष्ट्र देखिएका छन् । 

नेपाल, भारत, बंगलादेश र आयोजक भुटान उपाधि होडमा देखिएका छन् । च्यम्पियनसिपअन्तर्गत आफ्नो अन्तिम खेल नेपालले बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । राजधानी थिम्पुस्थित नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ । उपाधि जित्नका लागि भारतलाई पराजित गरेर मात्रै पुग्दैन गोलअन्तरले राम्रो हुनु पर्छ । 

च्याम्पियनसिपमा उपाधि दौडमा रहेको नेपाल, भारत, बंगलादेश र भुटानको समान ६–६ अंक रहेको छ । अंक तालिकाको शीर्ष स्थानमा रहने राष्ट्र नै च्याम्पियन हुने छ । भारत अहिले अंक तालिकाको गोलको आधारमा शीर्ष स्थानमा छ । त्यस्तै, दोस्रो स्थानमा बंगलादेश रहेको छ भने तेस्रो स्थानमा नेपाल र चौथो स्थानमा भुटान रहेका छन् । 

बुधबार ३ बजेर ४५ मिनेटमा हुने आयोजक भुटान र बंगलादेशबीच खेल हुनेछ । बंगलादेशले ठूलो गोलअन्तरले जितेमा उपाधि जित्ने सम्भावना बढि हुन्छ । यता, भुटान निकै बलियो टोलीको रुपमा देखिएको छ । भुटानले बंगलादेशमाथि फराकिलो अन्तरले जित हात पारे उपाधि जित्ने सम्भावना रहन्छ । 

नेपाल र भारतबीचको प्रतियोगिताको अन्तिम खेल फाइनल सरह हुने भएको छ । नेपालले भारतलाई पराजित गरेको खण्डमा नेपालले उपाधि जित्ने सम्भावना छ । तर भारतले नेपाललाई पराजित गरेमा भने भारतले उपाधि जित्ने छ ।

नेपालले पहिलो खेलमा भुटानसँग पराजित भएको थियो । नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई २–० गोलले र तेस्रो खेलमा बंगलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । यता, भारत भने पहिलो खेलमा बंगलादेशसँग ४–३ गोलअन्तरले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ३–० र तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोलअन्तरले पराजित गर्दै भारत शीर्ष स्थानमा उक्लिएको हो । 

बंगलादेशले दुई खेलमा जित र एक खेलमा हार ब्यहोरेको छ । त्यस्तै, भुटानले पनि २ खेलमा जित र एक खेलमा हारेको छ । प्रतियोगिताबाट बाहिरी सकेको माल्दिभ्सले भने कुनै पनि खेलमा जित हात पार्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति