June 17, 2020

भारतमा एकैदिन दुई हजार ३ जना कोरोना संक्रमणबाट मृत्यु

भारतमा एकैदिन २ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु, संक्रमितको संख्या तीन लाख ५४ हजार

काठमाडौं । भारतमा पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणबाट अहिलेसम्मकै अधिक मानिसको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एकैदिनमा दुई हजार ३ जनाको मृत्यु भएको हो ।

हालसम्म भारतभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९०३ पुगेको छ । त्यसैगरी एकदिनमा १० हजार ९७४ कोरोना संक्रमित थपिएका छन् । यससँगै भारतमा कुल कोरोना संक्रमितको संख्या तीन लाख ५४ हजार ६५ पुगेको छ ।

जसमा एक लाख ५५ हजार २२७ सक्रिय कोरोना संक्रमित हुन् भने एक लाख ८६ हजार ९३५ संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा मंगलबार ३८० कोरोना संक्रमितको मृत्यु भएको थियो भने बुधबार अहिलेसम्मकै उच्च संख्यामा देखिएको मृत्यु  हो । भारतमा सबैभन्दा बढी महाराष्ट्र प्रभावित भएको छ । जहाँ एक लाख १३ हजार ४५ कोरोना संक्रमित छन् । जसमा ५० हजार ५७ सक्रिय संक्रमित रहेका छन् । महाराष्ट्रमा ५ हजार ५३७ कोरोना संक्रमितको मृत्यु भएको छ । –डीएनए इन्डिया

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी