एजेन्सी १४ जेठ । भारतमा पहिलो पटक जीका भाइरसको संक्रमणको मामिला पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनको अनुसार गुजरातको अहमदावादमा जीका संक्रमणको तीन मामिला पत्ता लागेको छ ।
भारतमा एडिज मच्छेडको कारणले बढ्दो जीका भाइरस संक्रमणमाथि विश्व स्वाथ्य संगठनले चिन्ता जनाउदै भविष्यमा अरु बढि मामिलाहरु सामुन्ने आउन सक्ने सम्भावना रहेको बताएको छ । यसैबीच विश्व स्वाथ्य संगठनले जीकाबाट बच्न केही उपाय पनि सार्वजनिक गरेको छ ।
विश्व स्वाथ्य संगठनले जीकाबाट बच्ने सबैभन्दा राम्रो उपाय लामखुट्टेको रोकथाम गर्नुपर्ने बताएको छ । उसले पूरा शरीरलाई कपडाले ढाक्न र हल्का रंगको कपडा लगाउन सल्लाह दिएको छ । लामखुट्टेको प्रजननलाई रोक्न आफ्नो घर आसपास गमला, बाल्टी, कुलर आदिमा पानी भरी रहन दिनु नहुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यदि कसैलाई ज्वरो आएमा, घाँटी खसखसाएमा, आँखा रातो भएमा धेरै मात्रामा तरल पदार्थ पिउन र भरपूर आराम गर्न सल्लाह दिएको छ । हालसम्म जीका भाइरसको कुनैपनि खोप पाइएको छैन तर स्थितिमा सुधार नआएमा चाढै चिकित्सकलाई देखाउन सल्लाह दिएको छ । बीबीसी
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द