भारतबाट गोही ल्याउने तयारी

crocodile7

८ असार, चितवन । राप्ती र नारायणी नदीमा प्राकृतिक रुपमा प्रजननमा सहयोगी मानिएको एकमात्र भाले घडियाल गोही मरेपछि भारतीय सीमा क्षेत्रबाट भाले गोही ल्याउनका लागि पहल थालिएको छ ।

भाले गोही मरेसँगै सङ्कटापन्न अवस्थामा रहेको गोहीको प्रजननमा समस्या देखिएको छ ।

 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले कर्णाली नदीमा बर्दियाको सीमा क्षेत्र कतर्निया घाटबाट भाले गोही ल्याउन पहल भइरहेको बताए ।

गत महिना भाले गोही मरेसँगै आफूले उत्तर प्रदेश वन विभागका अतिरिक्त सचिव आषिश तिवारीसँग टेलिफोनमा यस विषयमा कुरा गरेको उनले बताए ।

निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले हालसम्म नेपालका नदीमा एक हजार २४६ वटा गोही प्रजनन केन्द्र कसरामा हुर्काएर छाडिएको भए पनि सन् २०१६ मा गणना गर्दा नेपालका नदीमा १९८ वटा गोहीमात्र फेला परेका बताए । जसमध्ये राप्ती र नारायणीमा मात्र १६६ वटा गोही फेला परेका थिए ।

गोहीले सामान्यतयाः ३० देखि ३२ डिग्री सेन्टिग्रेडको तापक्रममा अन्डा पार्ने गर्छ । प्रमुख संरक्षण अधिकृत कँडेलले भने – “३१ दशमलव ६ डिग्रीमा पारिएका अन्डाबाट केही भाले निस्कने भए पनि तापक्रम तलमाथि भएमा पोथीमात्रै निस्कने गर्छ ।” त्यो तापक्रम मिलाउन आफैंमा कठिन हुने भएकाले पनि पोथीमात्र कोरल्ने गरेको उनले बताए ।

रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने