भदौ १ बाट लागु हुने मुलुकी देवानी ऐनमा अंगपरिवर्तन र कृत्रिम गर्भाधारणमा यस्तो छ व्यवस्था

काठमाण्डौ / भदौ १ गतेबाट लागु हुने मुलुकी देवानी संहिता ,२०७४ मा कुनै पनि व्यतिmले कानुनको अधिनमा रहि आफ्नो शरीरको परीक्षण ,उपचार ,अङ्गपरिवर्तन वा शरीरको कुनै अङ्ग वा त्यसको अंश वा त्यसको कुनै नमुना संलग्न गर्न वा गराउन सकिने व्यवस्था रहेको छ ।  साथै विभिन्न रोग प्रतिरोधात्मक क्षमता ह्रास भएकाहरुले झुक्याएर बिहे गर्न नपाइने ऐनमा उल्लेख छ ।

शरीरमा मानव रोग प्रतिरोधक क्षमता नष्ट गर्ने जीवाणु –एच.आई.भी) वा हेपाटाइटिस बी रहेको वा यस्तै प्रकृतिका निको नहुने कडा रोग लागेकाहरुले जालसाँजी गरेर बिहे गर्न नपाउने भएका हुन् । साथै, यौनाङ्ग नभएका ,नपुंसक भएको वा सन्तान उत्पादन गर्ने क्षमता नभएको प्रमाणीत भैसकेको अवस्थामा केटा वा केटी दुवैले झुक्याएर बिहे गर्न पाउनेछैनन् । 

ऐनमा पूर्ण रुपमा बोल्न वा सुन्न नसक्ने ,पूर्ण रुपमा दृष्टिविहिन वा कुष्ट रोग भएको । होस ठेगानामा नरहेको ,विवाह भैसकेको, गर्भवती भएको अवस्थामा पनि बिहे वदर गर्न सक्ने व्यवस्था रहेको छ भने पीडितले मनासिब क्षतिपूर्ति दावी गर्न पाउने अधिकार रहेको छ ।  ऐनमा पतिपत्नीको मञ्जुरीले अन्य कुनै ब्यतिको वीर्यबाट कृत्रिम गर्भाधारण प्रणलीद्धारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको मानिनेछ र सोहि बमोजिम निजको पितृत्व निर्धारण हुने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

ललिता निवास प्रकरणमा ४०६ जनालाई पक्राउ गर्न अनुमति

 असार १३,काठमाडौँ। ललिता निवास जग्गा हिनामिना प्रकरणमा कूल ४०६ जना प्रतिवादीविरुद्ध प्रहरीले पक्राउ अनुमति लिएको