August 6, 2018

भक्तपुरमा बालको अपहरणपछी हत्या, प्रहरी इन्काउनटरमा २ जना अपहरणकारीको मृत्यु

काठमाडौं, २१ साउन । ११ वर्षका बालक निशान खड्का अपहरणकालीको निशानामा परे र निर्ममतापूर्वक मारिए । अपहरणपछि हत्या गरिएका निशानको परिवारसँग लाखौंको रकम फिरौती मागिएको थियो ।

निशान काठमाडौँ–३२ पुरानो सिनामंगलमा रहेको हाइल्याण्ड इंग्लिस स्कुलमा अध्ययनरत थिए । उनको घर सिन्धुपाल्चोक हो । हाल हाल काडाँघारीमा बसिरहेका उनी आइतबार राति अपहरणमा परेका थिए । सिन्धुपाल्चोक घर भई काँडाघारीमा चिया पसल चलाउने चमेली खड्काको छोरा हुन् निशान । उनी खहरेमा रहेको हाइल्याण्ड स्कूलमा कक्षा ६ मा अध्ययन गर्थे ।

काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका उनको शव मध्यपुर नगरपालिकाको वडा नम्बर–७ स्थित श्याम लवटको निर्माणधीन घरको जगमा हत्या गरेर फालेको अवस्थामा फेला पर्‍यो ।

सूर्य विनायक नगरपालिका–८ पाइलटबाबाको आश्रम जाने बाटोमा उनको अपहरणमा संलग्न दुई अपहरणकारी मारिएका छन् । जंगलमा प्रहरीसँगको दोहोरो भीडन्तका क्रममा दुई अपहरणकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुने अपहरणकारीमा गोपाल तामाङ र अजय तामाङ रहेका छन् ।

यस्तो छ घटनाक्रम-

आइतबार साँझ करीब ६ बजे काँडाघारीबाट बालक अपहरण परेको प्रहरीलाई सूचना प्राप्त

अपहरणकारीद्वारा बालककी आमासँग ४० लाख फिरौती रकम माग

सूचना पाएलगत्तै आइतवार राति ८ बजेदेखि प्रहरी परिचालन

आइतबार सबै कक्षा सकेर निशान घर गएको उनको शिक्षकको बयान

नियमित कक्षापछि गणित तथा विज्ञानको ट्युसन सकाएर बेलुका साढे पाँच बजेतिर घर फर्किएका ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

देशका दक्ष जनशक्ति विदेश पलायन हुदैँ, सरकार राहदानी वांड्दै

पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै

एमाले दधिकोटको घरदैलो सम्पन्न,बालेनको लौरो किरण थापालाई हस्तान्तरण(फोटोफिचर)

२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का

बृहत कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रम भब्य रुपमा सप्पन्न

५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत