February 18, 2020

भक्तपुरबाट पक्राउ परे ३४ वर्षीय दुई युवा, ६० लाख ठगेको आरोप

thagi-360x260

काठमाडौँ, ६ फागुन । अमेरिकाको भिसा प्रक्रियाका लागि बैंक ब्यालेन्स देखाउन भनी रु ६० लाख रुपैयाँ लिई ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखा काठमाडौँको टोलीले भक्तपुरको ठिमीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–२ घर भई ललितपुर इमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र काभ्रेपलाञ्चोक चौउरे देउराली घर भई सोही ठाउँ बस्ने ३४ वर्षीय गणेश लामा रहेका छन् ।

काठमाडौं तार्केश्वर नगरपालिका–२ बस्ने नुवाकोटकी एक महिलालाई कुँवरले अमेरिका जानका लागि बैक ब्यालेन्स देखाउनु पर्ने भन्दै प्रलोभनमा पारेर आफ्नो बैंक खातामा रु ६० लाख रुपैयाँ राख्न लगाएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

उनीहरुले पैसा राखे लगत्तै बैंकका विभिन्न शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमतिपत्र राखी रकम निकाली ठगी गरी सम्पर्कविहिन भएका थिए । उक्त सूचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई गएराति पक्राउ गरेको हो ।

उनीहरुले अन्य तीन जनाबाट पनि झण्डै रु ७० लाख रुपैयाँ लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । गएराति पक्राउ परेका उनीहरुलाई आज महाशाखाले सार्वजनिक गरेको हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा