बी एन्ड सीपीडित भन्छन्, ‘अव फर्केर जान नपरोस्’

माघ १३, काठमाडौँ – झापा मेचीनगर—५ का धनप्रसाद भण्डारी गिरी मोटरसाइकल दुर्घटनामा घाइते भए। उनलाई बी एन्ड सी अस्पताल भर्ना गरियो। अस्पतालमा २० दिन बसेपछि गत बिहीबार उनको मृत्यु भयो। परिवारले सात लाख ७५ हजार नगद बुझाएर शव लगे।

५४ वर्षे गिरीको दाहिने खुट्टा भाँचिएको थियो। उपचारपछि डिस्चार्ज गर्ने तयारी हुँदै थियो। अचानक उनको मृत्यु भएपछि मेची नगरका तीन सय स्थानीयबासीले अस्पतालसँग कारण खोजे। तर अस्पतालले चित्तबुझ्दो जवाफ दिएन। आफन्त शव बुझ्न बाध्य भए। अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको आरोप परिवारले लगाएको छ। हृदयघातका कारण उनको मृत्यु भएको दाबी अस्पतालले गरेको छ। तर, छोरा विनोदले अस्पतालको लापरवाहीकै कारण बुबा गुमाउनु परेको बताए। उनले भने, ‘निको भयो भनेर डिस्चार्ज दिने तयारी हुँदाहुँदै बुबा बित्नु भयो। यसमा डाक्टरको गम्भीर लापरवाही छ।’

‘अब कहिल्यै पनि फर्किएर आउन नपरोस्,’ उनले थपे।

बी एन्ड सीजस्ता केही अस्पताल मेडिकल कलेज चलाउने पाइपलाइनमा छन्। इलाममा १६ औं सत्याग्रह सुरु गर्नुअघि डा। गोविन्द केसीले त्यस्ता अस्पताललाई भनेका थिए, ‘बिरामीलाई सर्वसुलभ स्वास्थ्य सेवा दिनुस् तर मेडिकल कलेजका लागि पर्खनुस्।’

तर एन्ड बीजस्ता अस्पतालको सेवा सर्वसुलभ छैन। तिनले अत्याधुनिक सेवाको दाबी त गर्छन् तर स्वास्थ्य सेवा त्यस्तो छैन। पूर्वको झापा, इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्लाबाट बी एन्ड सी पुगेका कतिपय सेवाग्राहीले उपचारका नाममा घरबार र भएभरको सम्पत्ति मात्रै सकेका छैनन्, परिवारका सदस्य पनि गुमाएका छन्। त्यसैले उनीहरु फेरि फर्केर आउन नपरोस् भन्ने कामना गर्छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राधा खनालले भद्रपुर, तोयानाथ भट्टराईले इलाम र सीताराम गुरागाईंले ताप्लेजुङबाट लेखेका हुन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत