२४ फागुन, काठमाडौं । प्रधानमन्त्रीले विप्लव समूहलाई उस्ले गरेको गतिविधिबारे इङित गर्दै सो समूह नेकपा नभएर लुटेरा समूह भने हुन्छ भनेका छन । साथै उनले शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको भएको र त्यो सरकारले गर्ने बताए ।
सरकार र सीके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले नेकपा भन्न पनि बेइजत भएको बताए । ‘नेकपा नामधारी समूह छ एउटा , त्यो हो बिप्लब, कमसेकम लुट्नकै लागि नेकपा भन्ने बर्को त फ्याँक’ उनले भने, ‘आफूले पनि नेकपै भन्नु पर्या छ । त्यस्ताले पनि नेकपा भन्छन् । बेइजत भइसक्यो नेकपा भन्दा पनि ।’
विप्लव समूहको पर्चा पनि आफूले हेरिरहेको उनले बताए । ‘चन्दाका नाउँमा मान्छे लुटेर हिँड्ने, मान्छेको हत्या गरेर हिँड्ने । विस्फोट गराएर हिड्ने अनि कम्युनिस्ट पार्टीको नाम लिने ?’ ओलीले भने, ‘कमसेकम कम्युनिस्ट पार्टीको नाम लिन बन्द गर । लुटेर समूह भन्ने नाम राख । अरु पनि छन् भने लुटेरा समूह विप्लव राख, प्रकाण्ड लुटेर समूह भनेपनि हुन्छ ।’
उनले विप्लव समूहलाई अहिले हिडिरहेको बाटो छाड्न समेत आग्रह गरे । नभए सरकारले कारबाही गर्ने उनको चेतावनी छ । ‘यो देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको हो । सरकारले गर्छ म सुन्ने थरी भन्न चाहन्छु’ उनले भनेका छन् ।
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने
पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार
माघ १०,बैतडी। श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर