June 1, 2019

बालबालिकाको सही विकासका लागि यी कुरामा ध्यान दिनुहोस्

 
 

Related image

जेठ १७ ।  भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाइले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे ।

बालबालिकाको सही विकासका लागि सही शैक्षिक वातावरणको कुरा उठाउँदै त्यसमै केन्द्रित रहेर उनले धेरै पुस्तक पनि लेखेका छन् ।

पुस्तकहरुमार्फत उनले बालबालिकाको सार्थक सिकाइ र विकासका लागि घरको वातावरण महत्वपूर्ण हुनेमा अभिभावकको ध्यानाकर्षण गर्दै शिक्षकलाई समेत जिम्मेवार हुन आग्रह गरेका छन् ।यति पनि नगर्ने ?

गानाबजाना गर्ने ठाउँमा जान छोडेर बच्चालाई बगैंचामा लैजानुस् ।

गफमा अल्झिनुको साटो बच्चालाई चिडियाखाना देखाउन लैजानुस् ।

अखबारमा मात्र अलमलिएर नबसी बच्चाको कुरा पनि सुन्नुस् ।

राति सुत्ने समयमा बच्चालाई असल कहानीहरु सुनाउनुस् ।

बच्चाको हरेक काममा गहिरो चासो देखाउनुस् ।

आत्मसुधार

बच्चालाई यस कारण सम्मान गर्नुस, ताकि हामीमा आत्मसम्मानको भावना जागोस् । बच्चालाई गाली गर्ने, तर्साउने नगर्नुस् । जसले गर्दा गाली गर्ने र तर्साउने हाम्रो खराब बानी छुट्दै जाओस् । बच्चालाई नपिट्नुस् जसले गर्दा मारपिट गर्ने हाम्रो पशु–वृत्ति नष्ट हुन सकोस् । यसरी आफूलाई सुधारेर नै हामी आफ्ना बच्चालाई सही रुपमा विकास गर्न सक्छौं ।

डर र लोभ

आमा, बुवा र शिक्षकले बुझिराख्नुस् पिटेर वा लोभ देखाएर बच्चा सुन्न सक्दैनन्, बरु उल्टै बिग्रिँदै जान्छन् । पिटेपछि बच्चामा झन् उग्र भावना बढ्छ । लोभ देखाउँदा बच्चा लालची बन्छन् । डर र लोभका कारण बच्चा निर्लज्ज, थेत्तरो, जिद्दी र दीन(हीन बन्छन् ।

सुन्दर संसार घर

यदि आमाबुवाले आफूले जस्तोसुकै आचरण गरे पनि आफ्नो बच्चालाई संस्कारी बनाउन सकिन्छ भन्ने सोच्छन् भने, त्यो ठूलो भूल हो । आमाबुवा र घर, दुइटै संसारको

सबैभन्दा ठूलो र शक्तिशाली चिजहरु हुन् । घरमा बिग्रेको बच्चालाई भगवान् पनि सुधार्न सक्दैनन् !

प्रकृतिको उपहार

प्रकृतिबाट टाढा रहने बच्चाले प्रकृतिको विविधताबारे कसरी थाहा पाओस् ! झलमल्ल चन्द्रमा, कलकल बग्ने नदी, खेतको माटो, परालको घर, पहाडको ढुंगा, आकाशको रंग र खुला हावा, यी सबै ती उपहार हुन्, जुन बच्चालाई प्रकृतिबाट प्राप्त भएका हुन् । बच्चालाई मन लागुन्जेल प्रकृतिको आनन्द लुट्न दिनुस् ।

गतिमान

बच्चा पल–पलमा बढ्ने प्राणी हो । बच्चाको दृष्टि हर समय प्रश्न सोध्ने खालको हुन्छ । बालकको हृदय केही बोलिरहने खालको हुन्छ । बच्चाको व्याकरणमा प्रश्न र बोली हुन्छ । तर पूर्णविराम कतै पनि हुँदैन । बच्चाको अर्थ हो, निरन्तर गति जहाँ अल्पविराम समेत हुँदैन ।

झैँ-झगडा

आमाबुवा र अरु ठूला मान्छेको झगडाको कारण घरको वातावरण प्रायः अशान्त रहने गर्छ । यसले गर्दा बच्चा निकै दिक्क हुने गर्छन् । अरु केहीका लागि नभए पनि आफ्नो बच्चाका लागि भए पनि हामी घरमा मिजासिलो रुपमा जीवन जिउन सिकौं । घरको शान्त र सुखी वातावरणमा नै बच्चाको राम्रो शिक्षा पाउन सक्छ ।

जीवित ग्रन्थ

जो पुस्तक पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरु शिक्षक बन्छन् । जो बच्चालाई पढेर ज्ञान प्राप्त गर्छन्, उनीहरु शिक्षाशास्त्री बन्छन् । शिक्षाशास्त्रीको लागि प्रत्येक बच्चा एक समर्थ, अद्वितीय र जीवित ग्रन्थ हुन् ।

बालकको शक्ति

तपाईं सारा संसारलाई धोका दिन सक्नुहुन्छ, तर, आफ्ना बच्चाहरुलाई धोका दिन सक्नुहुन्न । तपाईं सबैलाई मूर्ख बनाउन सक्नुहुन्छ, तर, आफ्ना बच्चाहरुलाई कहिल्यै मूर्ख बनाउन सक्नुहुन्न । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने