सरकारले ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुङ्गेलसहित एक हजार जनालाई आममाफी दिने तयारी गरेको छ । जेठ १५ गते गणतन्त्र दिवसमा राष्ट्रपतिबाट उनीहरुलाई आममाफी दिने तयारी भएको हो ।
कारागार व्यवस्थापन विभागका एक उच्च अधिकारीका अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले हरेक वर्ष ऐन–नियमअनुसार केही कैदी बन्दीलाई आम माफी दिँदै आएको छ ।
कारागार व्यवस्थापन विभागका ती उच्च अधिकारीले कुराकानीमा भने– यो वर्ष पनि हामीले बालकृष्ण ढुङ्गेलसहित एक हजार जनाको नाम गृहमन्त्रालयमा पठाउँदैछौं । सरकारले कतिलाई माफीका लागि सिफारिस गर्छ त्यो भन्न सकिँदैन ।” यस्तोमा राजनीतिक बन्दी, जेष्ठ नागरिक, रोगी र अनुसासनको पालना गरेकासँगै ४० प्रतिशत भन्दा बढी कैद सजाय भोगिसकेका पर्छन् ।
सजाय माफी, मुलतवी, परिवर्तन वा कम गर्ने कार्यविधी २०७१ ले कसैले आफुलाई भएको सजाय माफी, मुलतवी, परिर्वतन वा कम गराउन चाहेमा कारण खुलाई निवेदन दिन सक्ने उल्लेख छ । तर भ्रष्टाचार, जबर्जस्ती करणी, सरकारी कीर्ते, संगठीत अपराध, युद्ध अपराध, क्रुर हिंस्रक वा विभत्स तरिकाले गरिएको हत्या, लागु औषध लगायतका अपराधमा सजाय कम नहुने कार्यविधिमै उल्लेख छ ।
यस्तोमा माओवादी नेता ढुङ्गेलको विषयलाई कसरी समेटिएको छ भन्ने ती अधिकारीले खुलाएनन् । तत्कालीन माओवादी नेता ढुङ्गेल डिल्लीबजार कारागारमा जेल जिवन बिताइरहेका छन् । कारागार व्यवस्थापन विभागले देशभरबाट नियममा अटाउने सबै कैदीबन्दीको विवरण समेत मागेको छ ।
कारागार नियमावलीअनुसार ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि असल चालचलन भएमा कैद मिनाह गर्न सक्ने व्यवस्था छ । जन्मकैदको सजाय पाएका कैदीको २० वर्षको ४० प्रतिशत सजाय ८ वर्ष हुन्छ । माओवादी नेता ढुङ्गेल यसअघि नै उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा जेल परेका थिए । बीचमा थुनामुक्त भएर फेरि फरार रहेका उनी कात्तिक १४ मा पक्राउ परेका थिए । यसअघिको समेत जोड्दा उनी वैशाखसम्ममा ८ वर्ष जेल बसेको देखिएको स्रोत बताउँछ । तर कार्यविधिमा हत्या अपराधमा माफी दिन नसक्ने व्यवस्था छ ।
यसअघि तत्कालीन एमालेले ढुङ्गेललाई कारबाही गर्नुपर्ने माग गर्दै आएको थियो । माओवादी र एमालेबीच पार्टी एकता भएपछि ढुङ्गेल सरकारको सिफारिसमा रिहा हुन लागेका हुन् । ढुंगेलमाथी २०५५ असार १० गते ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको आरोप लागेको थियो । जिल्ला अदालत ओखलढुंगाले २०६१ वैशाख २१ गते ढुंगेललाई जन्मकैदको फैसला गरेको थियो । त्यसपछि बालकृष्ण ढुंगेल जेल बसेका थिए । तर जिल्ला अदालतले गरेको फैसला पुनरावेदन अदालतले २०६३ सालमा उल्ट्याएपछि उनी जेलमुक्त भएका थिए । तर २०६६ पुस १९ मा सर्वोच्च अदालतले जिल्ला अदालतकै फैसला सदर गरेका थियो ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।