March 20, 2018

बालकृष्ण ढुङेललाई भेट्न् गृहमन्त्री थापा जेल पुगे

  काठमाडौं चैत ६


कारागार निरीक्षणका क्रममा गृहमन्त्री थापा

कारागार निरीक्षणका क्रममा गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले केन्द्रीय कारागारमा रहेका कुख्यात अपराधी चार्ल्स शोभराज र डिल्ली बजार जेलमा रहेका पूर्व सांसद बालकृष्ण ढुङ्गेलसँग भेटेका छन्।

थापा मंगलबार विहान सुन्धारास्थित केन्द्रीय कारागार, भद्रगोल जेल र महिला कारागर पुगेका थिए। त्यहाँको भ्रमण सकेर थापा डिल्लीबजारस्थित सदरखोर कारागार पुगेका थिए।

केन्द्रीय कारागार भ्रमणको क्रममा उनले त्यहाँको गोलघरमा रहेका कुख्यात अपराधी चार्ल्स शोभराज र पूर्व माओवादी नेता पुष्कर गौतमलाई भेटे।

शोभराजसँग जेल निरीक्षणको क्रममा भेट भएकाले गृहमन्त्री थापाको खासै कुराकानी भएन। तर, गौतमसँग भने केही समय उनले कुराकानी गरेका थिए।

द्वन्द्वकालमै माओवादी परित्याग गरेका गौतम ओखलढुङ्गाका उज्वनकुमार श्रेष्ठको हत्या अभियोगमा बिगत ४ बर्षदेखि जेल जीवन बिताइरहेका छन्।

द्वन्द्वकालीन घटना भएपनि आफूलाई पक्राउ गरी जेलमा राखिएकोमा गुनासो गर्दै गौतमले पार्टीले समेत छुटाउन पहल नगरेकोमा गुनासो गरेका थिए।

‘छुटाउने पहल होला भन्दाभन्दै ४ बर्ष बितिसक्यो, तर कुनै पहल भएजस्तो लागेन’ निराशा व्यक्त गर्दै गौतमले भनेका थिए, ‘अब त आसै मरिसकेको छ।’

जवाफमा गृहमन्त्री थापाले द्वन्द्वकालीन घटना बृहद शान्ति सम्झौताको विषय भएको बताउँदै त्यसै अनुरुप छुटाउन पहल गरिने आश्वासन दिए।

केन्द्रीय कारागारको निरीक्षणपछि गृहमन्त्री थापा डिल्लीबजारस्थित सदरखोर कारागार पुगे। माओवादी नेता ढुङ्गेललाई पनि त्यहीँ राखिएको छ।

ढुङ्गेलले सोही जेलमा आफू लगायत १५–१६ जना राजनीतिक प्रकृतिका बन्दीहरु रहेको जानकारी दिँदै रिहाईको पहल गर्न आग्रह गरेका थिए।

गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईका अनुसार, ढुङ्गेलले गृहमन्त्री थापासँग एमाले–माओवादी केन्द्रबीचको एकतालाई छिटो टुङ्गोमा पुर्‍याउन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने