April 4, 2019

बारको चुनावमा वामपन्थीको प्यानल विजयी

 

चैत २१, काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा प्रगतिशील (वामपन्थी) चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।

लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई १ सय २७ मतले पराजित गर्दै बामपन्थी समूहका श्रेष्ठ नेपाल बार एशोसिएसनको अध्यक्षमा विजयी भएका हुन् ।श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गरेका छन् भने पोखरेलले ३ हजार २७ मत प्राप्त गरेका छन् ।

महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । उनको विपक्षी उम्मेद्वारा प्रगतिशीलका सुरेन्द्र थापा थिए । पौडेलले ३ हजार २ सय ७ मत ल्याएका छन् भने थापाले २ हजार ९ सय ४० मत प्राप्त गरेका छन् ।अहिले गणना भएका समग्र मत परिणामलाई एकिकृत गर्ने कार्य जारी जानकारी दिइएको छ । मतगणनाको आधिकारिक घोषणा भने केही बेरमा हुनेछ ।

नेपाल बारको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो। १० हजार ३ सय १३ मतदातामध्ये ८ हजार ३ सय २९ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा