बामदेबको चुनाव लड्ने ‘च्याप्टर क्लोज’ ! भए निराश ?

bamdev-gautam_04M4GV16oS

असोज २६, आाज प्रकाशित अधिकांश पत्रिकाले नेकपा नेता वामदेव गौतम काठमाडौं ७ को उपनिर्वाचनबाट पछि हटेको समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन् । 

कान्तिपुरले पछि हटे गौतम शिर्षकमा पहिलो पृष्ठमा सामाचार छापेको छ। समाचारमा लेखिएको छ, सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् । पार्टीभित्रैको तीव्र विरोध र क्षेत्रका स्थानीय नेता एवं सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हटेका हुन् । उनले बिहीबार स्थानीय नेताहरूलाई अब आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका छन् ।

चुनाव लड्न हच्किए गौतम शिर्षकमा नागरिकले पहिलो पृष्ठमा समाचार छापेको छ । समाचारमा लेखिएको छ, नेकपाका नेता वामदेव गौतम काठामडौं ७ बाट निर्वाचन लड्ने निर्णयबाट पछि हटेका छन् । गौतमले काठमाडौं ७ लाई खाली गराएर उपनिर्वाचनमार्फत चुनाव लड्ने निर्णय गरेसँगै पार्टीभित्रै तीव्र असन्तुष्टि भएको थियो । पार्टी नेतृत्वबाटै असहयोगको अवस्था आएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेको जानकारी उनी निकट नेता भोजविक्रम मगरले दिए ।

काठमाडौं ७ बाट वामदेव नलड्ने शिर्षकमा नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ। समाचारमा लेखिएको छ, पार्टीभित्र तथा बाहिरबाट चर्को दबाब आएपछि नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ बाट चुनाव नलड्ने भएका छन् । चौतर्फीरुपमा नेता गौतमको चर्को आलोचनाका कारण उनले आफू कहीँबाट पनि उपचुनावमा सहभागी नहुने घोषणा गरेका छन् । 

हच्किए गौतमशिर्षका अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा समाचार छापेको छ । समाचारमा लेखिएको छ, चौतर्फी आलोचना भएपछि वामदेव गौतम उपचुनावमाफर्त संसद्मा छिर्ने योजनाबाट पछि हटेका छन् । पार्टीभित्र र बाहिरबाट आफूमाथि तीब्र आलोचना भएपछि केही शीर्ष नेता र आफू निकट नेतासँगको परामर्शपछि गौतमले सांसद् बन्ने योजनाबाट पछि हट्ने मनस्थितिमा पुगेका हुन् । उनले सम्भवत शुक्रबार विज्ञप्तिमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने छन् । 

वामदेव फेरी ‘ब्याक’ शिर्षकमा राजधानी दैनिकले पृष्ठ ३ मा समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण