‘बानेश्वरको गाईजात्रा २०७५’ मा के छ विशेष ?

 रेडियो अडियोले हरेक वर्ष आयोजना गर्ने बानेश्वरको गाईजात्रा यस पटक पनि आयोजना हुनेछ ।

आजभन्दा ११ वर्ष अघि गाईजात्राकै दिन आफ्नो परीक्षण प्रसारण सुरु गरेको रेडियो अडियोले  हरेक वर्ष गाईजात्राको दिन विशेष ‘शो’ को आयोजना गर्दै आएको छ ।

यस वर्ष पनि नयाँ बानेश्वर चोकमा गाईजात्राको दिन हाँस्य कलाकारहरुले विशेष प्रस्तुति दिनेछन् । यस पटकको गाईजात्रामा पनि यस अघिका वर्षहरुमा जस्तै  हाँस्य व्यङ्ग्य कलाकारहरुको बाक्लो उपस्थिति रहनेछ । 

कार्यक्रममा प्रस्तुती दिन दीपक राज गिरी, दीपाश्री निरौला, मनोज गजुरेल, जितु नेपाल, केदार घिमिरेलगायतका चर्चित कलाकारहरुको उपस्थिति रहनेछ ।
देशका चर्चित हाँस्य कलाकारहरुको उपस्थिति हुने भएका कारण गाईजात्रा विशेष कार्यक्रम विशेष रहनेछ । 

यति मात्रै हैन यतिबेला हलमा प्रदर्शन भइरहेको सिनेमा ‘नाई नभन्नु ल ५’ बाट अभिनेता अनुभव रेग्मी र स्याड्रिना शर्माले पनि विशेष नृत्य प्रस्तुत गर्नेछन् ।
उता भदौ २२ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘रामकहानी’बाट अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले पनि गाईजात्रा विशेष कार्यक्रममा नृत्य प्रस्तुत गर्नेछन् ।

हरपल चामलले प्रायोजन गरेको गाईजात्रा विशेष कार्यक्रमलाई रेडियो अडियोसँगै नेपाल टेलिभिजन, अनलाइन र फर्सीनटेवर्कको युट्युब च्यानलबाट लाइभ गरिनेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको