January 5, 2019

बाथ : समयमै उपचार नगरे शरीरका धेरै अङ्गलाई असर पुर्‍याउन सक्छ

 

पुस २१, 
 काठमाडौँ । सामान्यतयाः बाथलाई जोर्नीसम्बन्धी रोगको रुपमा मात्रै लिइन्छ । यो रोग लाग्नेको संख्या यति नै छ भन्ने तथ्याङ्क नभए पनि समस्यामा धेरै नागरिकहरु छन् ।

बाथले शरीरको रोग प्रतिरोधात्मक प्रणालीले शरीरको आफ्नै कोषिकालाई हानी पुर्याएको हुन्छ, जसले गर्दा बाथ रोग लाग्ने गर्दछ । 

बाथ रोगले शरीरको जोर्नी मात्र होइन, मांसपेशी, चर्म, नशा, मुटु, मृगौला, फोक्सो, मस्तिष्क जस्ता महत्वपूर्ण अङ्गलाई पनि असर पुर्याउन सक्छ । बाथ रोगीलाई जाडो मौसममा बढी समस्या हुनसक्छ, त्यसैले यस्ता रोगीले धेरै ख्याल गर्नुपर्ने हुन्छ । बाथ कस्तो रोग हो, यो रोग कसरी लाग्छ, लागिसकेपछि शरीरमा हुने असर उपचार र न्यूनीकरणको बारेमा वीर अस्पतालका बाथ रोग विशेषज्ञ डा अन्जल बिष्टले जानकारी गराएका छन् ।

 के हो बाथ रोग
शरीरको एक कोषिकाले अर्को कोषिकालाई हानी पु-याउँदा यो रोग लाग्छ । बाथ सर्ने रोग होइन । तर बंशाणुगत चाहिँ हुनसक्छ । सामान्यतया बाथ रोगको सुरुवात हाडजोर्नी दुखाइबाट हुन्छ । यो रोग विशेषगरी महिलाहरुमा लाग्ने भए पनि बालबालिका, पुरुष तथा बृद्धाबृद्धहरुमा पनि हुन्छ ।

बाथरोगले मानिसलाई निरन्तर पीडा दिइरहन्छ । बाथ धेरै प्रकारको हुन्छ तर सबै भन्दा धेरै देखिने बाथ भनेको गठियाँ बाथ हो । यो बाथले हात, खुट्टाका साना–साना जोर्नीहरु दुख्ने र सुन्निने गर्छ । अझ बिहानको समयमा अन्य समयमा भन्दा धेरै दुखाई हुन्छ ।

 गठियाबाथ आराम गर्दा बढी दुख्ने र शरीरलाई चलाउँदा दुखाई कम हुन्छ । यो रोगको समयमा उपचार नगरिए हात खुट्टाको औंलाहरु बिस्तारै बाङ्गिँदै जान्छ र जोर्नी नचल्ने समस्या पनि हुनसक्छ । बाथ रोगले आँखा तथा फोक्सो लाई पनि असर पु-याउन सक्छ । 

 बाथ रोगको प्रकार अनुसार विभिन्न किसिमको समस्या र लक्षणहरु देखिन्छ । कुनै बाथमा जोर्नी, मांसपेसी दुख्ने हुन्छ भने कुनैमा मुटु, आँखा, मृगौला, फोक्सो जस्ता महत्वपूर्ण अङ्गहरुमा असर देखिन्छ । त्यसैले बाथ रोगलाई हाडजोर्नी मात्र दुख्ने रोग भनेर बुझ्नु हुँदैन । धेरै देखिने बाथ मध्ये पहिलो नम्बरमा गठियाँ बाथ रहेको छ । 

यो  रोग लाग्नुको कारण पत्ता लगाउन नसके पनि वंशाणुगत र विभिन्न संक्रमणको कारणले भएको अनुमान गरिन्छ । यो रोग धुम्रपान गर्ने व्यक्तिहरुमा धेरै देखिन्छ ।

गठियाँ बाथ पछि देखिने अर्काे बाथ भनेको मेरुदन्डको बाथ हो । यो प्रायजसो ४० वर्ष भन्दा काम उमेरको पुरुषहरुमा देखिन्छ । ढाड दुख्ने, बिहान उठ्दा शरीर कक्रिने, हिँडडूल गर्दा  कम हुँदै जाने, राती कोल्टे फेर्न गार्हो हुने, पाता दुखिरहने जस्ता लक्षण मेरुदण्डको बाथमा देखिन्छन् । 

यो बाथ आन्द्रामा हुने  Inflammatory Bowel Diseas र Psoriasis भन्ने रोगको कारणले पनि हुन सक्छ । कहिलकाहिँ पिसाबमा हुने संक्रमण र झाडापखाला लागे पछि पनि मेरुदण्डको बाथ देखा पर्न सक्छ । मेरुदण्डको बाथले आँखा रातो हुने र दृष्टिमा समस्या ल्याउन सक्छ ।    

  चिसोमा बाथको बिरामीले ध्यान दिनु पर्ने कुराहरु 
जाडोको समयमा बाथ रोगका बिरामीहरुलाई अन्य समय भन्दा धेरै गाह्रो हुनसक्छ । तापक्रम र वातावरणमा प्रेसरको बदलावको कारणले जाडोको समयमा अन्य समय भन्दा धेरै गाह्रो हुन्छ ।  बाथ रोगको कारणले फोक्सोमा असर भइसकेको छ भने यस्ता बिरामीले जाडोको समयमा धेरै ख्याल गर्नुपर्ने हुन्छ ।  

उपचार 
बाथ एक दीर्घ रोग हो । यसको पनि औषधि लामो समयसम्म नियमित रुपमा सेवन गर्नपर्ने हुन्छ । नियमित औषधि सेवन गर्ने र स्वास्थ्यको ख्याल गर्दा बाथ रोगलाई पनि अन्य दीर्घ रोग जसरी नै नियन्त्रण गर्न सकिन्छ । बाथ रोगको प्रकार अनुसार उपचार हुन्छ ।

  बाथ रोगको बिरामीले खानपान बार्नु पर्दैन । बाथ सँगै अन्य रोगहरु पनि लागेका छन् भने चिकित्सकको सल्लाह अनुसार ख्याल गर्नु पर्ने हुन्छ । 

युरिक एसिडका बिरामीले ध्यान दिनुपर्ने कुराहरु
युरिक एसिड बढेर हुने ‘गाउँटे आरथ्राइसिट’ पनि एक किसिमको बाथ रोग हो । युरिक एसिड हाम्रो शरीरमा प्रोटीनको मेटाबोलिस्म बाट निस्किने एक तत्व हो । कहिले काहिँ रगतमा युरिक एसिडको मात्रा धेरै भएको खण्डमा पनि ‘गाउँटे आरथ्राइसिट’ नहुन सक्छ  । तर युरिक एसिडको मात्रा सामान्य हुँदाहुँदै पनि गाउँटे आरथ्राईसिट हुन सक्छ । जब युरिक एसिडका कणहरु जोर्नीमा पुगेर अरु कोषिकाहरुलाई असर पु-याउन थाल्छ तब जोर्नी दुख्ने र सुनिन्ने समस्या हुन्छ ।

 यस्तो बाथ रोग मधुमेह, उच्चरक्तचाप, मोटोपनका समस्या भएको व्यक्तिहरुमा बढी देखिन्छ । यस्तै यो रोग मृगौलाको बिरामीले औषधिको कारणले पनि देखिन सक्छ । 

 युरिक एसिडलाई नियन्त्रणमा ल्याउन मधुमेह, उच्च रक्तचाप र मोटोपनलाई पनि नियन्त्रणमा ल्याउनु जरुरी हुन्छ । यस्तै नियमित व्यायाम तथा स्वास्थ्य खाना खाने बानी गर्नुपर्छ ।

 बाथ रोग भएका बिरामीले सूर्तिजन्य पदार्थ र मध्यपान सेवन गर्नुहुँदैन । साथै युरिक एसिडका बिरामीले रातो मासु, कृतिम चिनी भएको पेय पदार्थहरु सेवन गर्नु हुँदैन । फलफूल, तरकारी, दुधदही युरिक एसिड भएका बिरामीका लागि फाइदाजनक मानिन्छ । 

मासुको  परीकारमा कुखुरा र  माछा खानु हितकर हुन्छ ।  साथै चिकित्सकको सल्लाह अनुसार नियमित औषधि सेवन गर्नुपर्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि