अविरल वर्षापछि तराईका जिल्लाहरूमा बाढी र डुबानले पुर्याएको क्षति तथा राहत र उद्धारको पछिल्लो अवस्थाबारे बुझ्न नेकपाका शीर्ष नेतासहितको टोली बुधवार रौतहट प्रस्थान गरेको छ ।
बुधवार तराईका जिल्लाहरूमा बाढीले पुर्याएको क्षति अवलोकन, उद्धार तथा राहतको पछिल्लो अवस्था एवम् भविष्यमा चाल्नुपर्ने कदमका बारेमा छलफल गर्न पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसहितको टोली रौतहट प्रस्थान गरेको हो ।
टोलीमा नेता नेपालका अलवा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, सिंचाईमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधारमन्त्री रघुबीर महासेठ, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, संसदको विकास समिति सभापति कल्याणी खड्का, सांसद प्रभु साह रहेका छन् ।
बाढी र डुबानले तराईका जिल्लाहरूमा निकै नै क्षति पुर्याएको सरकारी तथ्यांकले देखाउँछ ।
बाढी र डुबानका कारण प्रदेश २ मा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । असार ३१ गते साँझसम्मको प्रहरीको तथ्यांक अनुसार २८ जना पुरुष र ४ जना महिलाको ज्यान गएको छ ।
एक पुरुष र एक महिला गरी २ जना बाढीमा बगेर बेपत्ता भएको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता ज्ञानकुमार महतोले बताएका छन् । प्रहरी नायब उपरीक्षक समेत रहेका महतोका अनुसार मृत्यु भएकामध्ये अधिकांश बालबालिका नै रहेका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।