बाकसमा दशवटा काटिएको हात भेटिएपछि …….

मंसिर ३, काठमाडौं : भारतको उडिसा राज्यको जाजपुर जिल्लामा एउटा बाकसमा १० वटा काटिएको हात भेटिएपछि हंगामा मच्चिएको छ । 

कानून व्यवस्था बिग्रने स्थिति देखिएपछि प्रहरी बल तैनाथ गर्नुपरेको छ । 

प्रहरीले मेडिकल बक्समा भेटिएको हात सन् २००६ मा प्रहरीको गोली लागी मरेका आदिवासीको हुनसक्ने र त्यसलाई संरक्षण गरेर राखिएको हुनसक्ने बताएको छ । 

एसएसपी सीएस मीणाले काटिएका हात स्टील प्लान्टको एक क्लबमा प्रिजर्भ गरेर राखिएको बताए । शनिवार राति केही चोर झ्यालबाट छिरेर क्लबमा गएका थिए । उनीहरूले हात भएका मेडिकल बक्स पनि लगे । अलिक पर गएपछि
उनीहरूले बक्स फ्याँकिदिए । 

आदिवासीहरूले १२ वर्षपहिले कलिंगा नगर इलाकामा स्टील प्लान्टका लागि जग्गा अधिग्रहणविरुद्ध ठूलो प्रदर्शन गरेका थिए । त्यसक्रममा सन् २००६ को जनवरी महिनामा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । प्रहरीले गोली चलाउँदा १३ आदिवासीको मृत्यु भयो । 

प्रहरीका अनुसार, गोली लागेर मरेका पाँचजनाको पहिचान खुलेको थिएन । पोस्टमार्टमका बलामा चिकित्सकहरूले फिंगरप्रिन्ट चिन्नका लागि हात काटेका थिए । केही वर्षपछि हात परिवारलाई पठाइँदा उनीहरूले लिन अस्वीकार गरेका थिए र डीएनए टेस्टको माग राखेका थिए । त्यतिखेर हातहरू क्लबमा राखिएको थियो । 
एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

नेपालमा जलवायु परिवर्तनको असरबारे विश्वको ध्यानाकर्षण गराउने महासचिव गुटेरेसको प्रतिबद्धता

काठमाडौँ,  कात्तिक १३ गते । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो

काठमाडौ  भदौ २९ गते ।  केही दिनअघि इन्स्टाग्राममा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारीका लागि क्यानडा

भक्तपुरको लोकन्थलीमा रहेको मझेरी क्याफेबाट लाखौं नगद सहित १६ जुवाडे पक्राउ

९ चैत,भक्तपुर । मध्यपुर थिमि वडा नं. १ लोकन्थलीमा रहेको मझेरी क्याफेमा जुवा (तास) खेलिरहेका

लोकसेवा आयोगको स्वीकृति बेगर अनधिकृत रूपमा ५२२ जना कार्यकर्ता भर्ती गर्दै गठबन्धन सरकार

काठमाडौँ, ३० साउन । गठबन्धन सरकारले ६ वटा मन्त्रालयका लागि ५ सय २२ अस्थायी दरबन्दी