January 16, 2019

बाँकेमा हत्या आरोपीलाई समात्न प्रहरीद्वारा गोली प्रहार

काठमाडौं , माघ २ : बाँके र बर्दियाको सीमा क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । प्रहरीको खोजीको सूचीमा रहेका युवराज गिरीलाई पिछा गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जनाएको छ । गिरी र भरत शाहीले केही समयअघि बाँके कोहलपुरका दिपक सिंहको खुकुरी हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि उनीहरु दुवैजना फरार थिए । शाहीलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो भने गिरीलाई पक्राउ गर्न जाने क्रममा भागेपछि गोली चलाउनुपरेको बाँके प्रहरीले जनाएको छ । बाँकेका डीएसपी रमेश सिंहको कमान्डमा रहेको प्रहरी टोलीले गोली चलाएको थियो ।

प्रहरीका अनुसार गिरी र शाहीले सिंहलाई प्रहरीको असई बनाइदिन्छु भन्दै डेढलाख रकम लिएका थिए । असई बनाउन नसकेपछि रकम फिर्ता माग्ने क्रममा विवाद हुँदा खुकुरी हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी