मंसिर १, बाँके : सोमबार बिहान बाँकेको राप्ती सोनारी गाँउपालिका–१, कुसुममा ना५ख ६४४९ नम्बरको बस दुर्घटना दुर्घटना भएको छ ।
दाङको तुल्सीपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको बस बिहान ९ बजे दुर्घटनामा हुँदा बसमा सवार १४ जना घाईते भएको प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा परी गम्भिर घाईते भएका रुकुमको चौरजहारी नगरपालिका १३ का ५३ वर्षीय दलबहादुर मल्ल र दाङको दंगीशरण गाउँपालिका–६ की ७२ वर्षीया विष्णु कुमारी नेपालीको अवस्था भने चिन्ताजनक रहेको प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार चालकले बसलाई नियन्त्रण लिन नसक्दा सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुन पुगेकाे हाे । घटनाबारे अनुसन्धान भईरहेको र दुर्घटनामा परी घाइते भएका सबलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज, बाँके पठाईएको प्रहरीले जानकारी दिएका छन् ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।