बसको ठक्करबाट पैदलयात्रुको मृत्युपछि पृथ्वी राजमार्ग अवरूद्ध

आइतवार विहान बसको ठक्करबाट १ पैदल यात्रीको मृत्यु भएपछि आज सोमबार १२ बजे देखि पृथ्वी राजमार्गको डुम्रे दमौली सडकखण्डको तालघरेमा अवरूद्ध  गरिएको छ । आइतबार बिहान ७ बजे पोखरा बाट डुम्रे तर्फ जादै गरेको ना ५ ख ६१०० नम्वरको बसले तनहुँको व्यास नगरपालिका १ दमौली बजार नजिक छाब्दीचोकमा ठक्कर दिदा पैदल यात्रीको मृत्यु भएको थियो ।3_3_RMLcL2xZvmडुम्रेतर्फ जाँदै गरेको यात्रुवाहक बसले सडक छेउमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा उनको ज्यान गएको थियो । बसको ठक्करबाट व्यास १० सेवर बस्ने करीब ५० वर्षीय नारायण न्यौपाको घटनास्थल मै मृत्यु भएको थियो । 

न्यौपाने आइतबार दुध बेच्न घरबाट दमौली बजार आउदै गरेका थिए । सोही घटना लाई लिएर स्थानीय बासिन्दाद्वारा पृथ्वी राजमार्ग अबरुद्ध गरिएको छ । 

बसधनीलाइ दमौली झिकाउनुपर्ने, पिडित पक्ष संग वार्ता गर्नुपर्ने र उचित क्षतिपूर्ती दिनु पर्ने लगायतका माग राखी स्थानीय बासिन्दाहरुले राजमार्ग अवरूद्ध
गराएका हुन् । 

राजमार्ग बन्द गरिएपछि  यात्रुहरुबीच बाटामो नै अलपत्र परेका छन् । बस धनी नआए सम्म राजमार्ग बन्द नै रहने स्थानीयले जनाएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका सइ मनोज पाण्डेले बस धनि संग कुराकानी भैरहेको र दमौलि ल्याउने तयारि भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी