काठमाडौँ, ३२ असार (रासस) : सरकारले गणतन्त्र भारतका लागि नेपाली राजदूतमा निर्वाचन आयोगका पूर्वप्रमुख नीलकण्ठ उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यसैगरी मलेसियाका लागि नेपाली राजदूतमा पूर्वराजदूत उदयराज पाण्डेलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले उनीहरुलाई ती देशका राजदूतमा नियुक्ति गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्।
नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सो निर्णयलाई संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्नेछ ।
प्रस्तावित राजदूत उप्रेती भूटान र अफगानिस्तानका लागि तथा पाण्डे इण्डोनेसिया र ब्रुनाई दारेसलामका लागि गैरआवासीय राजदूतका रुपमा पनि हेर्नुहुनेछ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द