बलिउड इतिहासमा २४ वर्षपछि आमिर खान र सलमान खान एउटै फिल्ममा देखिदै

 बलिउड इतिहासमा २४ वर्षपछि सलमान खान र आमिर खान एउटै फिल्ममा देखिने भएका छन् । भारतिय मिडियाका अनुसार बलिउडमा अहिले सम्म को सबैभन्दा ठूलो बजेटमा निर्माण हुने उक्त फिल्ममा आमिर खानले पहिले आफैंले गर्ने भनेको रोल सलमान खानलाई अफर गरेको बताइएको छ ।

aamir-salman

भारतका सबैभन्दा धनी व्यवसायी मुकेश अम्बानीको लगानीमा बन्न लागेको फिल्म ‘महाभारत’को लागि आमिर खानले सलमान खानलाई कृष्णको रोल अफर गरेको समाचार छ । तर, आमिर स्वयंले यो रोल सलमानलाई आफर गरेका हुन् । अब आमिरले फिल्ममा कर्णको रोल गर्ने भएका छन् । पोर्टका अनुसार सलमान पनि केही वर्षदेखि महाभारतबाट प्रेरित फिल्म बनाउने सोचाइमा थिए ।

उनले आमिरको फिल्मको बारेमा थाहा पाएपछि यो फिल्मको एक हिस्सा बन्न इच्छा जनाएका थिए । यसपछि आमिरले सलमानलाई कृष्णको रोल अफर गरेको समाचारमा जनाइएको छ । यो फिल्म ५ फिल्मको सिरिज हुनेछ । यो फिल्मको बजेट १ हजार करोड भएको बताइएको छ । फिल्ममा मुकेश अम्बानीले लगानी गर्नेछन् । फिल्ममा अमिताभ बच्चन र इमरान खान पनि महत्वपूर्ण भूमिकामा हुनेछन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं