बलिउडमा आउँदैछन् सुपरहिट ‘सिरिज मुभी’ दबंगदेखि डनसम्म

344503340bollywoodकाठमाडौं । अक्षय कुमार जे गर्छन् सोचेर बुझेर गर्छन् । ‘जोलीएलएलबी–२’ पनि यस्तै सोचेर गरेको कदम थियो । दर्शकलाई यो चलचित्र मन पर्याे र अब कहिले  एकसय करोड क्लबमा पुग्छ भन्ने पर्खाइ पनि छ । यता ‘जोलीएलएलबी–३’ को योजना पनि सुरु भइसकेको छ । स्क्रिप्टमाथि काम हुँदैछ । जब फक्स स्टार स्टुडियोले चलचित्रमा अरशद वारसीको ठाउँमा अक्षय कुमारलाई साइन गर्यो  तबदेखि नै यो योजना बनेको थियो ।

फिल्मीबिट अनलाइनका अनुसार अक्षय कुमारले यो एउटै मात्र चलचित्रका लागि साइन गरेका होइनन् । ‘जोलीएलएलबी’को टिम एउटा राम्रो चलचित्र सिरिज तयार गर्न चाहान्छ । एक वकिल हुन्छन् र देशका राम्रा मुद्दालाई उठाएर केस लड्छन् ।

पहिलो चलचित्रको मुद्दा थियो, ‘हिट एन्ड रन’ केस । यसै प्रकारले प्रत्येक चलचित्रको समस्या फेरिँदै जान्छ । यही कन्सेप्ट नै अक्षय कुमारलाई सारै मन पर्यो । त्यसैले उनले ‘जोलीएलएलबी’ सिरिजका लागि निकै उत्साह देखाए । भन्ने हो भने, अक्षय कुमार  सिरिज फिल्ममा विस्तारै जान्ने हुँदैछन् । यस्तो अवस्थामा कुनै पनि अचम्मको कुरो हुने छैन । उनको सिरिज बलिउडका राम्रा सिरिज फिल्ममा समावेश हुनेछन् । अहिले आएर उनको यो ‘जोली–३’ को पनि तीव्र गतीमा काम भइरहेको छ ।

धूम सिरिज
बलिउडको सबैभन्दा हिट सिरिज ‘धूम’ हो । चलचित्रका तीनै भाग कमाइको मामिलामा सुपरहिट थिए । अब चौथो सिरिजमा सलमान खान आएपछि के होला ?

गोलमाल
रोहित शेट्टी र अजय देवगनको ‘गोलमाल’ सिरिज पनि कमेडी जनराको उत्कृष्ट चलचित्र हो । अहिले चलचित्रको चौथो भागको तयारी भइरहेको छ ।

कृष
‘कोई मिल गया’ देखि कृषसम्म ऋतिक रोशनको यो सिरिज बलिउडका बेस्ट सुपरहिरो सिरिज हो । सायद यही कारण ऋतिक रोशन बच्चाका लागि पनि फेभरेट छन् ।
रेस
सिरिज रेसका दुवै चलचित्र सुपरहिट थिए । तेस्रो भागका लागि सलमान खान भिलेन बन्ने खबर चर्चामा छ ।

हेट स्टोरी
‘हेट स्टोरी–३’ र २ को सफलताबाट दर्शकलाई यस्तो चलचित्र पनि मन पर्छ भन्ने थाहा भइसकेको छ । यद्यपी यी चलचित्रको बोल्डनेसको कुनै सीमा थिएन ।

डन
शाहरुख खान अभिनित ‘डन’को तेस्रो भाग बन्ने छ । बाँकी दुई भागलाई फ्यानले धेरै मन पराएका थिए । पहिलो चलचित्र अमिताभ बच्चनको ‘डन’को रिमेक थियो ।

हाउसफुल
‘हाउसफुल’ सिरिज चिन्तनशील दर्शकलाई मन नपरेको होस् तर चलचित्रले बक्सअफिसमा कमाइ गरेको थियो । लक्षित दर्शकलाई भने धेरै मन परेको थियो ।

वेलकम
चलचित्रका दुई भाग दर्शकले मन पराएका थिए । दोस्रो भागमा अक्षय कुमारलाई जोन अब्राहमले रिप्लेस गरेका थिए । तर पनि चलचित्रले झन्डै ९९ करोड कमाइ गरेको थियो ।

दबंग
चलचित्रको दुवै भाग सुपरहिट रहेका थिए । अब तेस्रो भागको तयारी भइरहेको छ । यस पटक चुलबुल पान्डेले कस्तो एडभेन्चर दिनेछ ? यो हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित

पढ्दै कमाउँदै : विद्यार्थी चित्रकलामा रमाउँदै

 फागुन ५, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत