प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीको इमान्दारीताको प्रशंसा गरेका छन् । ६३ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले प्रहरीको प्रशंसा गरेका हुन् ।
उनले गौरवशाली कर्मठ प्रहरीले बलात्कार, हत्या हिंसा नियन्त्रण तथा अनुसन्धानमा प्रहरीले शसक्त भूमिका निर्वाह गरेको बताए । ‘कर्मठ प्रहरीले अपराध नियन्त्रण र अमनचयन कायम राख्न पुर्याएको योगदानको म प्रशंसा गर्छु’, उनले भने ।
प्रधानमन्त्री ओलीले ९० प्रतिशत अभियुक्त पत्ता लगाएको तथ्यांक पेश गर्दै साख जोगाउन अझ बढी व्यवसायिक हुन सुझाव दिए । उनले नेपाल प्रहरी आमनागरिकमुखी भएर जनताको घरदैलोमा पुग्न सकेमा सरकारको प्रभावकारिता देखिने बताए । प्रहरीलाई व्यावसायिक र थप साधन स्रोत सम्पन्न बनाउन जरुरी रहेको प्रधानमन्त्रीको भनाइ छ ।
ठूलो राजनीतिक उथल पुथल र परिवर्तनपछि देश समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त गर्ने अभियानमा रहेको उनले स्मरण गराए । दिनप्रतिदिन नयाँ स्वरुपमा देखा परेको अन्तरदेशीय अपराध, आतंकवाद, अतिवादलाई रोक्न छिमेकी देशहरुसँग सम्बन्ध विस्तारमा उनले जोड दिए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत