July 4, 2020

बझाङमा पहिरोले १७ घर बगायो, कम्तिमा ११ जना वेपत्ता

असार २०, काठमाडौं : बझाङको केदारस्युँ गाउँपालिकामा पहिरोले १७ घर बगाएको छ । गाउँपालिकाको वडानम्बर ८ मेल्लेखीमा बिहान २ बजेतिर गएको पहिरोले १७ घर बगाउँदा कम्तिमा ११ जना बेपत्ता भएका छन् ।

पहिरोबाट ठूलो मानवीय क्षति भएको अनुमान छ । पहिरो गएको गाउँमा प्रहरी सहितको उद्धार टोली बिहानै गएको भए पनि पुग्‍न सकेको छैन ।गाउँपालिकाका अध्यक्ष इन्द्र भण्डारीले हालसम्म घटना स्थलमा पुग्न नसके पनि आफूलाई १७ घर पहिरोले बगाएको र ११ जना बेपत्ता भएको सूचना आएको जानकारी दिए ।

उनका अनुसार स्वास्थयकर्मी, सुरक्षाकर्मीसहित गाउँपालिकाको टोली बाटोमै छ । त्यहाँ उद्धार टोली पुग्नका लागि अझै दुइ घण्टा भन्दा बढी लाग्‍न सक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न