डा. बिनोद कुमार साह, बालराेग विशेषज्ञ
बच्चाहरुले राति ओछ्यानमै पिसाब फेर्ने समस्या (नक्चुरनल एन्युरेसिस) प्रमुख समस्याहरु मध्ये एक हो । पाँच बर्ष माथिका बच्चाहरुले राती ओछ्यानमा र दिउँसो लुगा भिजाउने गरी हप्तामा कमसेकम दुई पटक पिसाब गर्ने गरेका छन् भने यसलाई नचाहेर पिसाब हुने समस्या (नक्चुरनल एन्युरेसिस) मानिन्छ ।
बच्चाहरुमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई नकारात्मक प्रभाव पार्नुका साथै बालबालिकाको आत्म बिश्वासलाई समेत कम गराउने र लजाउने जस्ता मनोबैज्ञानिक असरहरु पनि पर्न सक्छन् । अर्कोतर्फ समाजमा यसका बारेमा ज्ञान नभएर बालबालिकाहरुको मनोबिज्ञानसँग समबन्धित बिभिन्न समस्याहरु उत्पन्न हुन सक्छन् । ओछ्यानमै पिसाब गर्याे भनेर बच्चाहरुलाई तर्साउने, धम्क्याउने तथा दण्डदिने जस्ता कृयाकलापहरुले आजिवन नबिर्सने किसिमको असर पर्नसक्छ ।
पाँचबर्ष माथिका बच्चाहरुमा १५ देखी २५ प्रतिशतमा यो समस्या देखिएको छ । बालिकाहरुको तुलनामा बालकहरुमा यो समस्या दुईगुणा बढी छ ।
यसका कारणहरुः
उपचार :
यसको उपचारमा सबैभन्दा महत्वपूर्ण कुरो लाज र डरको अनुभूतिलाई कम गराउने, परिवार तथा नजिकका आफन्तहरुले बच्चाहरुसँग आफ्ना अनुभवहरु सुनाउने, बच्चालाई ढाडस दिने र उनीहरुको आत्मबल बढाइदिने लगायतका कामहरु गर्नुपर्ने हुन्छ ।
यि बिधिहरु अपनाएमा यस रोगको निदान हुने संभावना ७० प्रतिशत भन्दा बढी रहेको छ । यदि यि बिधिहरु अपनाउँदा पनि समाधान भएन भने उपचारका लागि बालरोग बिशेषज्ञसँग सल्लाह लिनुपर्ने हुन्छ ।
बच्चाले नचाहेर पनि राति पिसाब फेर्नु कुनै दोष हैन । यो साधारण समस्या हो । जसलाई बच्चा परिवार समाज र परेमा डाक्टर समेत मिलेर समाधान गर्न सकिन्छ ।
डा साह ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् ।
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
कात्तिक २६,जाजरकोट । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी
कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि