July 7, 2018

फ्रान्स र बेल्जियम उरुग्वे र ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा !

असार २३ काठमाडौं । शुक्रबार राति अबेर भएका दुई खेलमा दुई दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र ब्राजिललाई फ्रान्स र बेल्जियमले पराजित गरेसँगै अब विश्वकपमा युरोपेली राष्ट्रहरुमात्र बाँकी भएको छ। त्यसैले अब यो युरोकप जस्तै बन्न पुगेको छ। अफ्रिकाको प्रतिनिधित्व समूह चरणमै सकिएको थियो। अन्तिम १६ सम्ममा एसियाको प्रतिनिधित्व जापानले गरेको थियो। तर बेल्जियमसित २-० को अग्रता लिँदालिँदै पनि जापान ३-२ ले पराजि भयो र बाहिरियो। क्वार्टरफाइनलमा यी दुई राष्ट्र हारेपछि अरु महादेशको चुनौति सकियो। 

ब्राजिल र उरुग्वे हारेसँगै अब विश्वकपमा दुई वटा मात्र पूर्व विश्वविजेता बाँकी रहेको छ। त्यसमध्ये एउटा ब्राकेटबाट फ्रान्स सेमिफाइनलमा पुगेको छ भने अर्कोबाट इंग्ल्यान्डले भोलि शनिबार स्विडेनसित खेल्दैछ।

असार २६ गते मंगलबार हुने पहिलो सेमिफाइनलमा खेल्ने टिमको पनि टुङ्गो लागिसकेको छ- फ्रान्स र बेल्जियम।

नेपालमा सबभन्दा धेरै फ्यान अर्जेन्टिना र ब्राजिलको छ। यी दुईका फ्यानबीच पनि रमाइलो प्रतिद्वन्द्विता देख्न सकिन्छ। अर्जेन्टिना झण्डै समूह चरणबाट आउट हुँदाहुँदै पनि बचेर अन्तिम १६ मा फ्रान्ससित पराजित भयो। झण्डै आधा नेपाली फ्यानका लागि विश्वकप सकियो।

बाँकी थिए ब्राजिलका फ्यान। उनीहरुको चुरीफुरी सामाजिक सञ्जालहरुमा हेर्न लायक थियो। तर उपाधिको दावेदार मानिएको ब्राजिल पनि बेल्जियमबाट २-१ ले पराजित भएपछि नेपालका अर्को आधा फ्यानहरुका लागि पनि विश्वकप सकियो। अर्जेन्टिना हारिसके पनि अर्जेन्टिनी फ्यानहरुले ब्राजिल हार्दा जितेजस्तो गरेर रमाइलो गरेको पनि देखियो।

अब नेपालमा केही पुराना फ्यान फ्रान्स र इंग्ल्यान्डका छन्। यी दुई फाइनलमा पुग्ने सम्भावना पनि छ। तर फ्रान्सले बेल्जियमसित सेमिफाइनलमा खेल्नुपर्नेछ भने इंग्ल्यान्डले क्वार्टरफाइनलमा स्विडेनको सामना गरेर जितेमा रसिया वा क्रोएसियाका विजेतासित सेमिफाइनलमा खेल्नुपर्नेछ।

 अनुमान गर्न सकिन्छ कि क्वार्टरफाइनलको अनुमानमध्ये उरुग्वेले जित्ने अनुमानले फेल खाएको छ भने बेल्जियमले जित्ने अनुमान सही भएको छ। अब भोलिका खेलमा रसिया र इंग्ल्यान्डको विजय तिर जान्छ होला भन्ने अनुमान  गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा