March 18, 2018

फोरम र राजपालाई सरकारमा ल्याउने तयारी, मन्त्रालय अझै थपिने

काठमाडौं, चैत ४ ।प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीलाई पनि सरकारमा सहाभागि गराउने तयारी गरेका छन् ।फोरमलाई सरकारमा सहभागी गराउन तीन मन्त्रालय खाली राखेका प्रधानमन्त्री ओलीले राजपालाई समेत सहभागी गराउन अरु मन्त्रालय थप्ने तयारी गरेको स्रोतले बताएको छ ।

ओली सरकार गठन हुँदा ३१ बाट १८ बनाइएको मन्त्रालयको संख्या तीन साता नपुग्दै बढाएर २१ पुर्याइएको छ । फोरमलाई सरकारमा सामेल गराउन मन्त्रालयको संख्या बढाउनु परेको जनाइएको छ ।

मन्त्रालयबारे यसअघि गरेको निर्णय २२ दिन पनि टिक्न सकेन । मन्त्री थप्नका लागी शिक्षा, विज्ञान तथगा प्रविधि युवा तथा खेलकुद मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय टुक्राइएको छ । यस्तै, श्रम, रोजगार, महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयलाई फोडेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र श्रम तथा रोजगार र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ ।

खानेपानी तथा शहरी विकास मन्त्रालय फुटाएर खानेपानी र शहरी विकास अलग अलग मन्त्रालय बनाइएको छ । यसअघि नै मन्त्रीपरिषद विस्तार हुँदा दुवै दललाई सहभागि गराउने भनिए पनि सरकारसँग सहमति हुन सकेको थिएन ।

दुवै दलले संविधान संशोधन हुने भए मात्रै सरकारमा सहभागि अडान लिएका छन् । राजपाले भने पछिल्लो समय प्रतिनिधीसभा सदस्यमा विजयी भएका रेशम चौधरीको मुद्दा फिर्ता लिए मात्रै सरकारमा सहभागि हुने बताएको छ ।

प्रधानमन्त्रीले भने दुवै दललाई माग पूरा गरिदिने आश्वासन दिएर सरकारमा आउन आग्रह गरिरहेका छन् । तर लिखित प्रतिवद्धता नआएसम्म आफूहरु सरकारमा सहभागि नहुने दुवै दलको धारणा छ ।

तर प्रधानमन्त्री ओलीले अझै मन्त्रीपरिषद विस्तारका लागि भन्दै दुईवटा मन्त्रालय बाँकी राखेका छन् । जुन फोमरका लागि भनिएको छ ।

राजपालाई पनि सरकारमा सहभागि गराउन सके अरु मन्त्रालय पनि थप्ने तयारीमा ओली रहेका छन् ।

सिंहदरबारका धेरै अधिकार प्रदेश र स्थानीय तहमा हस्तान्तरण भइसेकाले अधिकार सम्पन्न संघीय पुनर्संरचनाको सिफारिसमा सरकारले मन्त्रालय संख्या घटाएर १८ बनाएको थियो । अझ संसदको राज्य व्यवस्था समितिले केन्द्रमा १५ मन्त्रालय कायम राख्न मन्त्रालयको नामसहित सरकारलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका