फेसबुक, ट्वीटरमा प्यारोडी एकाउन्ट चलाउनेलाई सरकारले कारबाही गर्ने

काठमाडौं, माघ ७ : फेसबुक तथा ट्वीटरमा राजनीतिक दलका नेता र सेलिब्रेटीका नाममा प्यारोडी एकाउन्ट  चलाउनु हुन्छ भने तपाईं प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ है।

1548062555koli

सूचना तथा सञ्चार मन्त्रालयले फेक खाता सञ्चालन गरी सामाजिक सौहार्दता खलल पार्ने व्यक्तिको पहिचान गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरेपछि प्रहरीले अहिले प्यारोडी एकाउन्टको अनुसन्धान गरिरहेको छ।  

पुस १७ गते सचिवस्तरीय निर्णय गरेर मन्त्रालयले प्यारोडी एकाउन्ट चलाउने कारबाही गर्न गृह मन्त्रालयलाई अनुरोध गरेको थियो।

ट्वीटर, फेसबुक लगायत सामाजिक सञ्जालमा प्यारोडी एकाउन्ट खोल्नेलाई  बेलैमा पहिचान गरी कारबाही नगरे देशको स्थिति भयावह हुनेछ, बेलैमा ध्यान जावस् भन्ने गुनासो हेलो सरकारमा गरिएको थियो।

हेलो सरकारले उक्त गुनासो कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको थियो।  कानुनले उक्त कुरा आफ्नो क्षेत्राधिकारमा नपर्ने भन्दै  सञ्चार मन्त्रालयमा पठाएको थियो।

‘गुनासो हेर्दा अर्काको नाममा अनावश्यक भ्रम फैलाउने कुरा गम्भीर देखिएकाले कारबाही गर्न पत्राचार गरेका हौं,’ सञ्चार मन्त्रालयका उपसचिव राजन पौडेलले भने,‘अहिले त प्रधानमन्त्रीदेखि उच्च तहका नेताका प्यारोडी एकाउन्ट छन्। एकदुई जनालाई कारबाही भए त्यसको सन्देश सबैलाई जान्छ भनेर हो।’

सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, बाबुराम भट्टराई र नेताहरू रामशरण महत, गगन थापालगायतका प्यारोडी एकाउन्ट चर्चित छन्।

ट्वीटरले एकाउन्टको परिचयमा प्यारोडी, फेक, फ्यान वा कमेन्ट्री भनेर स्पष्ट जनाई वास्तविक ह्यान्डलसँग हुबहु नहुने गरी एकाउन्टको नाम राखेर  प्यारोडी एकाउन्ट चलाउन दिन्छ।

उपसचिव पौडेलले भने त्यसको अर्थ कसैको विषयमा भ्रम छर्न पाइने नभएको बताए।

‘कसैले कसैका बारे भ्रम फैलाउन पाउँदैन। हामीले पठाएको पत्रअनुसार महानगरीय अपराध महाशाखा टेकुले अनुसन्धान गरिरहेको छ,’ पौडेलले भने।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी