September 18, 2018

फेरि बढ्यो डिजेल र पेट्रोलको भाउ!

 

काठमाडौं, असोज २। नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ फेरी बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमलेपेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको हो ।

पेट्रोल लिटरको ११४ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको भाउ १०१ रुपैयाँ भएको छ । निगमले यो मूल्य अन्तर्राष्ट्रिय भाउ अनुसार स्वचालित मूल्य अनुसार समायोजन भएको जनाएको छ । इण्डियन आयल कर्पोरेशनबाट १६ सेम्टेम्बरमा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको गोइतेले बताए ।

मूल्य बढाए पनि आयल निगमलाई पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ९२ पैसा र डिजेलमा प्रति लिटर २ रुपैयाँ ७२ पैसा घाटा रहेको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए । यस्तै एलपी ग्यासमा प्रति सिलिण्डर ३०९ रुपैयाँ ७९ घाटा रहेको छ । समग्रमा निगमलाई १५ दिनमा झण्डै ३१ करोड ६७ लाख घाटा हुने देखिन्छ ।

पछिल्लो १५–२० दिनमा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएका कारण मूल्य समायोजन गरिएको निगमको दावी छ ।

यो समायोजन पछि भारतको रक्सौल भन्दा नेपालको वीरगंज तर्फको सीमा मूल्यमा पेट्रोलमा २९ रुपैयाँ ४४ प्रति लिटर र डिजेल २८ रुपैयाँ ४४ प्रति लिटरले नेपाल तर्फ नै सस्तो रहेको छ । यसअघि निगमले गत भदौ २० गते पेट्रोल डिजेल र मट्टीतेलमा भाउ बढाएको थियो । निगमले मूल्य बढाएपनि घाटा व्यहोरेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा