February 4, 2018

‘फास्ट ट्रयाक’ यसरी हुँदैछ निर्माण (फोटो फिचर)

 

 

काठमाडौं माघ २१

 

नेपाली सेनाले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माणलाई चार वर्षभित्र पूरा गर्ने लक्ष्यसहित कामलाई तीव्रता दिएको छ।

काठमाडौँ उपत्यकालाई तराईसँग जोड्ने सबैभन्दा छोटो ७६ किमी दूरीको मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिएको दु्रतमार्ग निर्माण आयोजनालाई नेपाली सेनाले इतिहास रच्ने ठूलो अवसरका रुपमा लिएको छ।

पाँच स्थानबाट एकैसाथ दु्रतमार्ग निर्माणको काम अघि बढाइएको प्रमुख सेनानी धर्मेन्द्रकुमार झाले जानकारी दिए। मक्खुबेंसी, कुलेखानी, लेडडाँडा, बुदुने र निजगढमा शिविर खडा गरेर रुख कटान गर्ने र हटाउने, सडकको रेखाङ्कन गर्ने र सडक निर्माण गर्ने कार्यलाई अघि बढाइएको हो। त्यस क्रमममा निजगढमा सात किमी क्षेत्रमा २७ मिटर फराकिलो द्रुत मार्गले एउटा आकार लिइसकेको छ।

दर्जनौँको संख्यामा स्काभेटर, डोजर, लोडर र टिपर प्रयोग गरी सडकको रेखाङ्कन गरिएको क्षेत्रमा माटो कटान गर्ने, हटाउने, बाहिरबाट ल्याएर पुर्ने र सम्याएर त्यसको परीक्षण गर्ने काम अघि बढाइएको प्रमुख सेनानी भरतलाल श्रेष्ठले बताए।

प्रत्येक सात किमी क्षेत्रमा शिविर खडा गरेर कामलाई अघि बढाउने योजना सेनाले बनाएको छ। केहि दिनमै थप पाँच स्थानमा शिविर खडा गर्ने सेनाको तयारी छ। राष्ट्रिय गौरवको द्रुतमार्ग आयोजना निर्माण अघि बढाउन नेपाली सेनाले सहायकरथी भरतबहादुर खड्काको नेतृत्वमा दुई सय सेना खटाएको छ।

टोलीले हालसम्म १५ हजार रुख कटान गरी त्यसको व्यवस्थापनसमेत गरिसकेको छ। झण्डै ११ किमी क्षेत्रमा रुख कटान भएको र अबको तीन महिनाभित्र रुख कटानसम्बन्धी सबै काम पूरा हुने सहायकरथी खड्काले जानकारी दिए।

दु्रतमार्गको निर्माण लागत एक खर्ब १२ अर्ब रुपैयाँ अनुमान गरिएको छ। ललितपुरको खोकनाबाट शुुरु भई बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने द्रतमार्गको ट्र्याक पनि यसअघि सेनाले नै खनेको हो। उक्त मार्गमा साना ठूला गरी करिब १०० पुल निर्माण गरिनेछ।

द्रुतमार्गमा निर्माण हुने पुलको लम्बाइ मात्र जोड्दा पनि नौ किमीभन्दा बढी हुने छ। त्यस्तै मकवानपुरको ठिङ्गनमा १.४ किमी लामो सुरुङ निर्माण गर्नुपर्ने सेनानी विनोद श्रेष्ठले बताए। उनले भने, आवश्यकताअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका परामर्शदाता र ठेकेदारको सहयोग लिएर सडक निर्माणलाई तीव्रता दिने छौं।

निर्माण छिटो गर्न २४ क्षेत्रमा सडक विभाजन गरेर विदेशी तथा स्वदेशी निर्माण व्यवसायीका लागि बोलपत्र आह्वान गर्ने क्रममा नौ वटाको प्रक्रिया अघि बढिसकेको छ। उक्त आयोजना अघि बढाउने सन्दर्भमा सुरुङ निर्माण र अग्ला सात ठाउँमा पुल निर्माणलाई भने सेनाले चुनौतीका रुपमा लिएको छ। ती पुल ८० मिटरसम्म अग्लो हुने अनुमान गरिएको छ। सडक निर्माणका लागि मात्रै पनि ३०० टन विस्फोटक पदार्थ आवश्यक पर्ने देखिएको छ।

दायाँबायाँ ५० मिटर जग्गा अधिग्रहण गरिएको २७ मिटर चौडाइ हुने दु्रतमार्ग चार लेनको हुनेछ। दु्रत मार्गको निर्माणले नेपालको बृहत्तर विकासमा ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ। निजगढमा बन्ने अन्तरर्राष्ट्रिय विमानस्थले दु्रतमार्गको महत्वलाई अझ उजागर गर्ने जानकारहरुले बताएका छन्।

फोटो हेर्नस्:

प्रस्तुती:रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी