फाल्गुन २३ गते भारतमोहन र रविन्द्र अधिकारीको श्रद्धाञ्जली सभा

nekapa.2019-01-29

२० फागुन,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै दिवंगत भएका दुई नेताहरु भरतमोहन अधिकारी, रवीन्द्र अधिकारी र हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुको सम्झनामा फागुन २३ गते भृकुटीमण्डमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने भएको छ ।

महासचिव बिष्णु पौडेलको उपस्थितिमा सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले कम्तिमा २० हजारको उपस्थितिमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय गरेको हो ।सभालाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले सम्बोधन गर्ने तय भएको नेकपाका प्रदेश ३ कमिटीका सचिव आनन्द पोखरेलले जानकारी दिए ।

श्रद्धाञ्जलीसभामा स्वर्गीय नेताद्धय अधिकारीलगायत अन्य परिवारका सदस्य पनि सहभागी हुने उनले बताए । तयारी बैठकमा नेकपा नेताहरु अष्टलक्ष्मी शाक्य, योगेश भट्टराईलगायत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा