May 14, 2019

प्रेसका नाममा छाडा तन्त्रलाई कारवाही हुन्छ : संचार मन्त्री

 

बैशाख ३१, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रेसलाई नियन्त्रण नभइ नियमन गर्न लागिएको बताएका छन् ।

चितवन स्थित नेपाल टेलिकम दुरसञ्चार कार्यालय सौराहामा फाइबर टु दि होम (एफटिटिएच) सेवाको सुभारम्भ गर्दै सञ्चारमन्त्री बाँस्कोटाले प्रेसलाई कमजोर नबनाइने बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘प्रेसलाई होइन, प्रेसका नाममा छाडा तन्त्रलाई कारवाही गरिन्छ । हातमा कलम छ भन्दैमा पुष्टि नगरि समाचार लेख्न पाईँदैन । यथार्थता र पुष्ट्याईँ गरेर आम जनतालाई सुसुचित गराउनुपर्छ’, मन्त्री बाँस्कोटाले भने ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले स्वतन्त्र प्रेसको विरुद्धमा सरकार नभएको पनि स्पष्ट पारे । ‘सरकार स्वतन्त्र प्रेसको विरुद्धमा छैन । उत्तरदायी बनाउन नियमन गर्न लागिएको हो । समाचार लेखेकै भरमा कसैलाई पक्राउ गरिँदैन’, उनले भने ।

प्रेसलाई नियन्त्रण गर्न खोजिएको भन्दै अहिले नेपाल पत्रकार महासंघ लगायत पत्रकार संगठनहरुले गरिरहेको आन्दोलनप्रति इगिंत गर्दै उनले पछि लाज मान्नु पर्ने बताए ।

समानुपातिक विज्ञापन प्रणालीलाई नमान्ने, न्युनतम पारिश्रमिक दिन नखोज्नेको मोर्चा हाबी भएको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले आम जनतालाई उच्चस्तरको इन्टरनेट र भिडियो सेवा उपलब्ध गराउने एफटिटिएच सेवाको सुभारम्भ गरिएको बताए ।

नेपाल टेलिकम क्षेत्रीय निर्देशनालय वीरगञ्जका प्रमुख अमलेन्द्र नारायण सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद कृष्ण प्रसाद खनाल, रत्ननगर नगरपालिकाका मेयर नारायण वन, नेपाल टेलिकम कार्यालय भरतपुरका प्रमुख दिपक कुँवर लगायतले मन्तव्य राखेका थिए ।

एफटिटिएच सेवाबाट भिडियो, डाटा र भ्वाईस एउटै प्रविधिबाट प्रयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने