प्रादेशिक अधिकार नदिए संघीयता नै संकटमा पर्छ : उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा पर्ने  बताएका छन् ।

सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताए ।

स्थानीय तहलाई स्वायत्तता तथा प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउँदै मधेशी जनतामाथि असमानता र विभेद कायमै रहेको आरोप लगाए ।

वर्तमान सरकारले गरेको राजनीतिक नियुक्तिमा मधेशीको सहभागिता नरहेको आरोप लगाउँदै हरेक क्षेत्रमा समान अवसर तथा जनसंख्याको आधारमा सहभागिता हुनुपर्नेमा उनले जोड दिए ।

उनले मधेशी, आदिवासी, जनजातिसहित मुलुकका हरेक जनतालाई समृद्व बनाउन संविधान संशोधन आवश्यक रहेको जिकिर गरे ।

साथै प्रदेश नं २ समृद्व नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने बताउँदै प्रदेश नं २ का जनता अधिकार सम्पन्न, आर्थिक रुपले समृद्व भएमात्र पूरै नेपाल समृद्ध हुने उनको धरणा थियो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने