रूपन्देही , पुस २९ : रूपन्देहीमा मध्यराति प्रहरी र तस्कर समूहबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु भएका व्यक्ति तस्कर समूहका एक सदस्य भएको प्रहरीले दाबी गरेको छ।
रूपन्देहीकाे सिद्धार्थनगर नगरपालिका-१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीलाई भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका तस्करहरूले गोली हानेको प्रहरीले जनाएको छ।
तस्करकाे गाेली लागेर प्रहरी जवान श्रेष्ठ घाइते भएपछि जवाफी फायर गर्दा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीकाे भनाइ छ। मृतककाे परिचय खुलेको छैन।
प्रहरीको गोली लागेर घाइते भएका ती व्यक्तिलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ।
पोस्टमार्टमा लागि शव रूपन्देहीको भीम अस्पतालमा राखिएको छ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।