प्रहरी दमनको विरोधमा तरुणदलले ७७ जिल्लामा विरोध प्रदर्शन गर्ने

डा. गोविन्द केसीको मागमा समर्थन गर्दै सडकमा उत्रिएको तरुणदलले प्रहरी दमनको विरोधमा आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने भएको छ ।

159971504pp

“आजको शान्तिपूर्ण बिरोध प्रदर्शनमा ओली सरकारको आदेशमा  भएको प्रहरी दमनको बिरोधमा भोली देशब्यापी ७७ जिल्लामै विरोध प्रदर्शन गर्ने छौं,” तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीले भने, “जिल्ला प्रसासन कार्यलय अगाडि बिरोध प्रदर्शन गर्ने निर्णय भएको छ । आइतबार दिउसो १ बजे धर्ना दिने छौं ।”

मेडिकल शिक्षामा सुधारको माग गर्दै अनसनरत डा. केसीका मागको समर्थनमा शनिबार बानेश्वरमा तरुणदलले निकालेको र्‍यालीमा प्रहरीले लाठी चार्ज गर्दा तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतसहित १२ जनाभन्दा धेरै कार्यकर्ता घाइते भएका थिए । उनीहरुको अहिले सिभिल अस्पताल बानेश्वरका उपचार भैरहेको छ ।

बानेश्वर बिजुली बजारमा प्रहरीले लाठी चार्ज गर्नुका साथै केही सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो । झडपमा डीएसपी दानबहादुर मल्ल, निरीक्षक खेम नेपालसहित १४ जना प्रहरी घाइते भएका छन् । उनीहरुको पनि सिभिल अस्पतालमै उपचार भैरहेको छ । 

यसैबीच, तरुणदलले प्रहरी दमनको विरोध गर्दै विज्ञप्ती जारी गरेको छ । उसले शान्तिपूर्ण प्रदर्शनमा ‘नालायक सरकार’ को आदेशमा प्रहरीद्वारा व्यापक दमन र हस्तक्षेप भएको भन्दै सरकारको निन्दा गरेको छ । “नेपाल तरुण दल यो सरकारको कुनैपनि दमन र निरङ्कुस कदमबाट पटक्कै बिचलित हुने छैन । यो सरकारको अधिनायकवादी रबैयाको बिरोधमा तरुण दलले  कडा प्रतिकार गर्ने प्रष्ट पार्न चाहन्छौं”, विज्ञप्तीमा भनिएको छ, “आजको शान्तिपूर्ण बिरोध प्रदसनमा ओली सरकारको आदेशमा  भयको प्रहरी दमनको बिरोधमा भोली देशब्यापी ७७ जिल्लामै जिल्ला प्रसासन कार्यलय अगाडि बिरोध प्रदर्शन गर्ने निर्णय भएको जानकारी गराउँदछौं ।” 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक